प्याराग्लाईडीङ पाईलटसंग लिने गरेको मासिक पटके शुल्क खारेज

  • पोखरा न्यूज
  • २०७३ श्रावण ४
प्याराग्लाईडीङ पाईलटसंग लिने गरेको मासिक पटके शुल्क खारेज

पोखरा, ३ साउन –

प्याराग्लाईडीङ पाईलट बालकृष्ण बस्यौलाले यति बेला धेरै खुसि छन्। सहासिक खेल प्याराग्लाईडीङको नयाँ नियमावली पारीतभएसंगै पाईलटहरुसंग मासिक रुपमा लिने गरेको पटके उडान शुल्क खारेज भएपछि बस्यौला सहित प्याराग्लाईडीङ पाईलटहरु नै खुसि भएका हुन ।

प्याराग्लाईडीङको नयाँ नियमावली पारित पछि पाईलट तथा कम्पनीहरु धेरै भएका हुन । पोखरामा विगत एक दशक देखि प्याराग्लाईडीङ गर्दै आएका प्याराग्लाईडीङ पाईलट बालकृष्ण बस्यौलाले प्याराग्लाईडीङको नियमावली सम्सोधन भएसंगै आफुहरुको एउटा माग पुरा भएको बताए । उनले भने “ गत बर्ष लाईसेन्स लिए पनि हामीले मासिक रुपमा ९ हजार ४० रुपैया उडान शुल्कः तिर्नु पर्दथ्यो, पर्यटक नहुदा हामीले धेरै दुखः काटेर पनि उक्त शुल्क तिर्दै आएका थियौं, अब भने हामीलाई केहि रहात पाए जस्तो भएको छ तर विमाको कुरा अझै मिल्न सकेको छैन। ” उनले पाईलट भएर उडान शुल्क मात्र करीब ९ लाख रुपैया शुल्क तिरेको उनले बताए । नेपालमा हालसम्म कुनै पनि विमा कम्पनीले हवाई उडान गर्दाको पाईलट र यात्रुको जोखिम लिने गरेका छैनन ।

हवाई उड्डयन खेलकुद नियमावली २०६९ लाई सम्सोधन गरी मनोरन्जनात्मक उड्डयन नियमावली २०६९ पारित गरीएको हो । प्याराग्लाईडीङ तथा ह्याण्डग्लाईडीङसंग सम्बन्धित विभिन्न संघ संस्थाहरुको माग र उनीहरुले नियमावली सम्सोधनको प्रस्ताव मन्त्री स्तरीय बैठकले आईतबार पारित गरेको प्याराग्लाइडीङ तथा ह्याण्डग्लाइडीङ संघका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए । पर्यटन मन्त्री आनन्द पोखरेलको सहभागितामा उक्त नियमावली सम्सोधन भएसंगै अन्य महत्वपुर्ण निर्णय प्याराग्लाईडीङ पाईलटहरुले मासिक रुपमा पटके शुल्कको रुपमा तिर्दै आएको उडान सुल्क ९ हजार ४० रुपैया तिर्नु पर्ने व्यबस्था समेत खारेजी भएको अध्यक्ष श्रेष्ठले बताए ।

सम्सोधन भएको नियमावली अनुसार प्याराग्लाईडीङ पाईलटहरुले अनुमतिपत्र लाईसेन्स लिदा प्रकृया पुरा गरे पछि ३ हजार र बार्षिक रुपमा नविकरण गर्दा एक हजार ५ सय रुपैया मात्र हुने उल्लेख गरीएको हवाई खेलकुद संस्था नाका महासचिव वसन्तराज दवाडीले बताए । आफुहरुले धेरै बर्ष देखि पटके शुल्क खारेजी लगायत वियमावली सम्सोधनको माग राख्दै आए पनि केहि मात्र मात्र पुरा भएको अन्य सुरक्षा तथा विमा जस्ता कुराहरु अझै सम्वोधन नभएको महासचिव दवाडीले जनाए । प्याराग्लाईडीङ कम्पनी दर्ता गर्दा एक लाख ९० हजार रुपैया शुल्क लाग्ने भएको छ भने नविकरण शुल्क बार्षिक रुपमा ९५ हजार रहेको छ । कम्पनीको शुल्कमा भने कम्पनीहरुलाई ढाडै सेक्ने गरी सुल्क दोब्बर भन्दा बढी बृद्धि भएको कम्पनीहरुले गुनासो गरेका छन । पोखरा क्षेत्र बाहिर प्याराग्लाईडीङ कम्पनी स्थापना गर्न चाहेमा उनीहरुलाई दर्ता गर्दा ५० प्रतिशत छुट हुने भएको प्याराग्लाइडीङ तथा ह्याण्डग्लाइडीङ संघका महासचिव सैलेन्द्र राउतले बताए । पोखरामा फस्टाएको प्याराग्लाईडीङलाई सम्भावित क्षेत्रको पहिचान गरी अन्य क्षेत्रमा पनि प्याराग्लाईडीङ संचालन गरी पर्यटक प्रवद्र्धन गर्न सरकारले यस्तो निति ल्याएको हुन सक्ने उनले बताए ।

केहि दिन हप्ता अघि सहासिक खेल प्याराग्लाईडीङको व्यवसायीक उडान गर्नु पुर्व खेलाडीको रुपमा लाईसेन्स वितरण गर्न पोखराबाट सुरु गरीएको छ । प्याराग्लाइडीङ तथा ह्याण्डग्लाइडीङ संघले राष्ट्रिय खेलकुद परिषदको समन्वयमा पोखरामा पहिलो पटक प्याराग्लाईडीङ गर्दै आएका १७ जनालाई खेलाडीको रुपमा मान्यता पाउने गरी लाईसेन्स वितरण गरीएको संघका केन्द्रीय उपाध्यक्ष फक्त बहादुर गुरुङले बताए । पोखरामा हाल प्याराग्लाईडीङ गर्ने ६२ वटा कम्पनीहरु रहेका छन । एक सय ७ जनाले व्यावसायीक पाईलटको लाईसेन्स लिए पनि दुई सयको हाराहारीमा पाइलटहरु रहेको बताईन्छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस