पोखरा, ४ साउन –
कास्कीको ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका चालकहरुहरु संग हुने विवादलाई अन्त्य गर्न मापसे परिक्षणको प्रिन्टेट सहितको मेसिन भित्राएको छ । आधुनिक प्रविधि विना मापसे चेकिङ गर्दा हैरानी खादै आएको ट्राफिक प्रहरीले अब भने अत्याधुनिक प्रविधिबाट मापसे गरे वा नगरेको छिनोफानो लगाएसंगै कारवाही गर्ने भएको हो ।
जिल्ला ट्राफिक कार्यालय कास्कीले एक लाख ४ हजार खर्चेर विदेशबाट हालै पोखरा भित्राएको मापसे परिक्षण गर्ने मेसिन ब्रेथलाईजर प्रयोगमा ल्याएसंगै मापसे गरेका व्यक्तिहरु बिच अन्त्य हुने भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले पोखरान्युजडटकम लाई बताए । उनले भने “अत्याधुनिक प्रविधिको यो मेसिनमा मापसे गरेको व्यत्तिले फुकेको आधारमा उनीहरुले कति मात्रामा मापसे गरेका छन भन्ने कुरा प्रष्ट देखाउछ र त्यही मात्र होईन यो मेसिनसंगै कमि मात्रमा मापसे गरेको त्यसको मात्रा पेपरमा प्रिन्ट नै गरेर हेर्न सकिने व्याबस्था रहेको छ । ”
मापसे गरेका केहि युवाहरुले कहिले काहि विवाद गरेर हैरानी पारेको अबस्थामा यस्तो प्रविधिलाई राम्रोसंग प्रयोग गरेको खण्डमा सचेतना पनि हुने भएको प्रहरी सहायक निरिक्षक शिव बहादुर थापाले पोखरान्युजडटकम लाई बताए । उनका अनुसार कास्की प्रहरीसंग अपुग मात्रमा ब्रेथलाईजर, सवारी चालक मापन यन्त्र राडरगन रहेका छन। ट्राफिक प्रहरी धेरै बर्ष देखि जिर्ण अबस्थाको भवनमा वस्दै आएका छन भने करीब दुई महिना अघि उक्त जिर्ण भवन सामान्य मर्मत गरीएको छ । २०५५ सालको सरकारी २८ जनाको दरवन्दीले हालसम्म जेततेन धान्दै आएको छ भने क्षेत्रिय ट्राफिक कार्यालयले करीब ३० जना कर्मचारीलाई काजमा खटाएको छ । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका चालकहरुको लाईसेन्समा प्वाल पार्न थालिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution