नदीमा फोहर नफाल्न माग

मेलम्ची, १७ साउन –

मेलम्ची नगरपालिकाले फोहोर व्यवस्थापन गर्न इन्द्रावती नदी किनारामा निर्माण गरेकोे डम्पिङ साइडभित्रै खोला पसेपछि नदीको स्वरुप बिग्रीदै गएको छ ।

नगरपालिकाबाट सङ्कलित फोहरमैला डम्पिङ क्षेत्रको रुपमा मेलम्ची नगरपालिकाले इन्द्रावती नदी किनारमा खनेको अस्थायी खाल्डोमा अहिले पानीको भल पसेको हो ।
नगरपालिका जस्तो संवेदनशील निकायले देशको प्राकृतिक सम्पदामाथि खलल पर्ने गरी नदी किनारमा खाल्डो खनेको र यसले वातावरणमा पर्ने दीर्घकालीन असरको विषयमा स्थानीयले नदीको किनारमा फोेहरको खाल्डो खनेकोप्रति विरोध गरेर अहिलेसम्म फोहर फाल्न दिएका छैनन् ।

नगरपालिकाले खाल्डो खन्नको लागि रु तीन लाख रकम निकासा गरेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् । वातावरण दिवसको अवसर पारेर मेलम्ची नगरप्रमुख पूर्ण दुलालको अगुवाइमा सो खाल्डोमा फोहर फाल्न लागिएको थियो ।

यसरी मेलम्ची नगरपालिकाले नदी किनारमा खाल्डो खन्नु गलत भएको र खाल्डो खन्नको लागि लागेको रु तीन लाखको प्रभावकारी प्रयोग नभएको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

“यसरी इन्द्रावती नदीमा आएको पटक पटकको बाढीले फोहर फाल्न खनिएको खाल्डोमा बाढी पसेर पानी जम्ने गरेको मेलम्ची नगरपालिकाका स्थानीय विष्णु धितालले बताउनुभयो ।”

त्यसैगरी स्थानीयवासी मानबहादुर खड्काले नदी किनार र बस्तीको नजिक फोहर जम्मा गर्दा स्थानीयलाई असर गर्ने धारणा राख्नु भयो ।

नगरबाट सङ्कलन फोहर जथाभावी नदी किनारमा डम्पिङ गर्दा वातावरण प्रदूषण यसको दीर्घकालीन असर समेत पर्ने कुराको बेवास्ता गरी नगरपालिकाले आफूखुसी स्थानीय बासिन्दालाई समेत बिना जानकारी खाल्डो खनेको र खाल्डो खन्नको लागि लागेको रकमको विवरण प्रष्ट पार्नुपर्ने धितालले माग गर्नु भयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button