सीमा बाँध विवाद समाधान गर्न माग

काठमाडौंँ, १७ साउन –

भारतले एकतर्फी रुपमा बाँध निर्माण गरेकाले सप्तरीस्थित खाँडो खोला सीमामा समस्या उत्पन्न भएको र तिलाठी बाँध विवादले उग्र रुप लिएको बताइएको छ ।

खाद्य सुरक्षाका लागि क्रियाशील संस्था फियान नेपाल, खाँडो खोला सीमा बाँधपीडित, युचेप नेपाल र खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जालको संयुक्त आयोजनामा गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रतिनिधिले नेपाल–भारतबीच खुला सिमाना रहेकाले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सप्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तेजुलाल चौधरीले उक्त समस्या समाधान गर्न सरकार गम्भीर भएर प्रस्तुत हुनुपर्ने बताउँदै खाँडो नदी संरक्षणका लागि राष्ट्रपति चुरे कार्यक्रममा समेत बजेट राखिए पनि नदी नियन्त्रण गर्न नसकिएकामा चिन्ता गर्नुभयो । उहाँले भन्नुभयो, “जनता लडाएर समस्याको समाधान हुँदैन, अन्तर्राष्ट्रिय सन्धिसम्झौताअनुसार कूटनीतिक तवरले सरकारले वार्ता गर्नुपर्छ । सांसद सुरेन्द्रप्रसाद यादवले अहिले भारतबाट एकतर्फी रुपमा बलमिच्याइँ भइरहेका कारण नेपालीहरु ठूलो समस्यामा रहेको बताउँदै दुवै पक्षका नेतृत्वले छलफल गरेर समस्या समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

भारतका लागि नेपाली पूर्वराजदूत डा दुर्गेशमान सिंहले उक्त घटना व्यवस्थापिका–संसद्मा छलफल हुन आवश्यक रहेको बताउँदै संसद्बाट नीतिगत धारणा आएपछि कूटनीतिक रुपमा अन्तरदेशीय समितिलाई क्रियाशील गराएर समाधानतर्फ अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

तिलाठी बाँधका पीडित सञ्जीव यादव र रतन यादवले आफूहरुले भारतीय पक्षलाई उक्त क्षेत्रमा बाँध नबाँध्न पटक पटक गरेको आग्रह सुनुवाइ नगरी माथिको आदेश भन्दै अटेर गरेकाले बाध्य भएर प्रतिकारमा उत्रनुपरेको बताउनुभयो ।

फियान नेपालका महासचिव सत्य तोयान र प्रतिनिधि लक्ष्मी गुरुङ, अधिवक्ता योगिता राई, युचेप नेपालका अध्यक्ष रवीन घिमिरे र राष्ट्रिय सञ्जालका राष्ट्रिय संयोजक डा केशव खड्काले भारतद्वारा एकतर्फी रुपमा खाँडो खोलामा बाँध निर्माण गरी अन्तरदेशीय दायित्व उल्लङ्घन गरेका कारण नेपालीको खाद्य अधिकार उल्लङ्घन भएको बताउनुभयो । फियान नेपालले तिलाठीबाहेक भारतद्वारा निर्मित लक्ष्मणपुर बाँध, कोसी ब्यारेज, टनकपुर बाँध, गण्डक ब्यारेज लगायत बाँधबाट समेत नेपालीले निरन्तर दुःख पाइरहेको जनाएको छ । रासस

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Aba hamro Nepali le yte badh badna rukwat gareko xettra ma Nepali sayukta sastra parahri le badh banna n deko karan panni ekkdamai ramro ho r ESMA Nepali adi basi r janjati harulai delherai pidit ma pareko xan vhane Nepal sarkhar le janjati harulai sukha subida dei Nepal lai bikasit bata Agadi bedaunu prxa yte hoena vhane jantako lagi Nepali sarkhar haru a afnu suwarthi ma. Basne xan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button