मैत्रिपुर्ण क्रिकेटमा अम्मरसिंह नमुना उच्च मावि विजयी

पोखरा, २२ साउन –

दृष्टिबिहिन खेलाडीहरु विच शनिबार पोखरामा भएको अन्तर बिद्यालय मैत्रिपुर्ण क्रिकेट प्रतियोगितामा अम्मरसिंह नमुना उच्च मावि विजयी भएको छ ।

दृष्टिविहिन क्रिकेट दिवसको अवसरमा पोखरा रंगशालाको क्रिकेट मैदानमा शनिबार भएको मैत्रिपुर्ण खेलमा अम्मरसिंह नमुना उच्च माविले जनप्रकाश उच्च माविको दृष्टिबिहिन क्रिकेटको टोलीलाई ८ विकेटले हराउदै विजयी भएको हो । टस हारेर पनि व्याटिङको निम्तो पाएको जनप्रकाशले निर्धारित १५ ओभरमा ५० रनको योगफल तयार पार्यो ।

५१ रनको लक्ष्य पाएको अम्मरसिंहले मात्र २ विकेटको क्षेतिमा लक्ष्य पुरा गर्न सफल भएको हो । अम्मरसिंहको जितमा बी थ्रि खेलाडी बविता पुनले सर्वाधिक १८ रनको योगदान दिईन । जनप्रकाशका बी टु खेलाडी अर्जुन विकले ९ रन जोडेको नेत्र हिन क्रिकेट संघ कास्कीका उपाध्यक्ष अपर्ण कोईरालाले बताए । सन २००६ अगष्ट ७ तारिखमा नेपालमा दृष्टिविहिनहरुले क्रिकेट खेलको सुरुवता गरेको दिनलाई कास्कीमा पनि दुई स्कुल बिच मैत्रि पुर्ण क्रिकेट खेल आयोजना गरीएको उपाध्यक्ष कोइरालाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button