जि वलको आधारभुत आवश्यक प्रशिक्षणको अवस्था बारेमा पोखरामा पशिक्षण

पोखरा, २६ साउन –

राष्ट्रिय खेलकुद परिषद, जि.एफ.ए. प्रोजेक्ट नेपाल र नेपाल खेलकुद विज्ञान एकेडेमीको आयोजनामा पोखरामा जि वलको दुई दिने आधारभुत आवश्यक प्रशिक्षणको अबस्था बारेमा पोखरामा  प्रशिक्षण बुधबार सम्पन्न भएको छ ।

कास्कीका विभिन्न संघका अध्यक्ष एवं प्रशिक्षकहरुलाई उक्त तालिम प्रदान गरीएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका निर्देशक बिद्या मर्सानीले बताए । उनले भने “कुनै पनि खेल खेल्नु भन्दा अगाडी गरीने वामअपको लागि जि वलले व्यक्तिको पैताला देखि टाउकोसम्म शारीरिक व्यायम हुने भएकोले यस खेलको महत्व धेरै छ । ” जि वल संघ जापानका महासचिव सुजुकीले सहभागिलाई प्रशिक्षण गराएका हुन ।

पोखरा रंगशालामा भएको उक्त प्रशिक्षणमा ४५ जना सहभागि भएको कार्यक्रम संयोजक प्रकाशलाल श्रेष्ठले बताए । प्रशिक्षार्थी उत्तम जोसीले शारीरिको धेरै भागको व्यायम हुने भएकोले जि वल निकै महत्व रहेको बताए । जि वलको सामान्यतया १० हजार पर्ने गर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button