ह्याण्डबल उपाधि पोखरा एकेडेमी र ग्लोबल कलिजियटलाई

पोखरा, ५ भदौ –

लिटिल स्टेप उच्च माध्यमिक विद्यालय, सिमलचौर, पोखरा – ८ द्वारा आयोजित सातौँ यु­–१२ प्राथमिक तह ह्याण्डबल प्रतियोगिताको छात्रातर्फको उपाधि ग्लोबल कलिजियट र छात्रतर्फको उपाधि पोखरा एकेडेमीले हासिल गरेका छन् । शनिबार सम्पन्न छात्रातर्फको खेलमा ग्लोबल कलिजियटले आयोजक लिटिल स्टेपलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । उपाधि सहित ग्लोबल कलिजियटले नगद रु.७ हजार प्राप्त गरयो भने लिटिल स्टेपले नगद रु.५ हजार प्राप्त गरयो ।

त्यसै गरी छात्रतर्फको उपाधि प्राप्त गर्न पोखरा एकेडेमीले आयोजक लिटिल स्टेपलाई २३–७ गोल अन्तरले पराजित गरयो । उपाधि सहित पोखरा एकेडेमीले नगद ७ हजार पाएको छ भने लिटिल स्टेपले नगद ५ हजार प्राप्त गरेको छ । उक्त टुर्नामेन्टमा छात्रातर्फ पोखरा लर्नर्सले र छात्रतर्फ अल्फा बोर्डिङ्ग स्कूल तेस्रो स्थान हासिल गरेका छन् । ती दुवै विद्यालयले नगद ३–३ हजार प्राप्त गरे ।

handball

प्रतियोगितामा छात्रातर्फ उत्कृष्ट खेलाडी आयोजक लिटिल स्टेप की प्रिती गुरुङ तथा सर्वाधिक गोलकर्ता पोखरा लर्नर्स एकेडेमीकी सुमनता चौधरी एवम् छात्रतर्फको उत्कृष्ट खेलाडी आयोजक लिटिल स्टेपका सन्तोष झाक्री तथा सर्वाधिक गोलकर्ता पोखरा एकेडेमीका पवन छन्त्यालले घोषित भएर नगद १–१ हजार सहित ट्रफी प्राप्त गरे । त्यसै गरी प्रतियोगिताको अनुशासित टिममा छात्रातर्फ माउण्ट अन्नपूर्ण उच्च मा.वि. र छात्रतर्फ रेन्बो एकेडेमी घोषित भएर नगद १–१ हजार सहित ट्रफी प्राप्त गरे । साथै अफिसियल तथा रेफ्रीलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

handball 2

प्रतियोगिताका विजयी खेलाडीहरुलाई नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ, लिटिल स्टेप उच्च मा.वि.का संस्थापक निर्देशक शेरबहादुर गुरुङ, संस्थापक प्राचार्य पम्फा गुरुङ लगायतले आफ्ना मन्तव्यसमेत राखेर बधाई ज्ञापन गर्दै विजयी टिमहरुलाई ट्रफी, प्रमाण–पत्र र नगद पुरस्कार वितरण गर्नु भएको थियो । आयोजक विद्यालयका व्यवस्थापन समितिका सल्लाहकार गणेश बहादुर गुरुङको अध्यक्षतामा भएकोे थियो । प्रतियोगिता भदौ १ बाट सुरु भएको थियो । प्रतियोगितामा २३ विद्यालयका ३५ टिमको सहभागिता थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button