अनिल र नविन खुल्ला टेनिस प्रतियोगिताको फाईनलमा

पोखरा, २४ भदौ –

अनिल शाही र नविन मगर पोखरामा जारी दोश्रो आर.एम.सी. खुल्ला लङ टेनिस प्रतियोगिताको फाईनला प्रबेस गरेका छन ।

पोखरा रंगशालामा सुक्रबार भएको सेमिफाईनल खेलमा शाहीले धरमसिंह लामिछाने र मगरले शक्ति शर्मालाई पराजित गर्दै फाईनयमा यात्रा बनाएका छन । त्यसै गरी डवल्स तर्फ निरज थापा र धरमसिंह लामिछाने तथा अनिल शाही र रामराजा कार्कीको जोडि फाईनलमा प्रबेस गरेको छ । शनिबार दुबै तर्फको फाईनल खेलसंगै प्रतियोगिता समापन हुने भएको टेनिस खेलाडी पृती बरालले बताईन ।

पोखराका एक युवा व्यवसायी राजेन्द्र घिमिरेको आयोजना तथा कास्की जिल्ला लङ टेनिस संघको प्राविधिक सहयोगमा मंगलबार देखि पोखरामा दोश्रो आर.एम.सी. खुल्ला लङ टेनिस प्रतियोगिता सुरु भएको संघका अध्यक्ष विनोद कायस्थले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button