दोश्रो लक्ष्मण स्मृति फुल कन्ट्याक्ट शिन क्योकुशिन कराँते प्रतियोगिता पोखरामा सुरु

उद्घाटन खेलमा कैलालीका श्रेष्ठ विजयी

पोखरा २४, भदौ-
दोश्रो लक्ष्मण स्मृति फुल कन्ट्याक्ट शिन क्योकुशिन कराँते प्रतियोगिता २०७३ आज ( शुक्रबार) देखि पोखरामा सुरु भएको छ।

पोखरा लेकसाइडको क्याम्पीङचोक स्थित खेल मैदानमा सुक्रबार भएको उद्घाटन खेलमा कैलालीका किशोर श्रेष्ठ विजयी भएका छन । ५० केजी कम तौल समुह अन्र्तगत उद्घाटन खेलमा श्रेष्ठले पर्साका प्रिन्स यादवलाई पराजित गर्दै क्वाटरफाईनलमा प्रबेस गरेका हुन ।

karate

त्यसै गरी महिला तर्फ भएको खुल्ला तौल समुहमा चितवनकी सृजना तामाङ, काठमाण्डौंकी अम्वीका भुजेल, पोखराकी वविता सिंह र काठमाण्डौंकी निसा वोहरा सेमिफाईनलमा प्रबेस गरेका छन । सुक्रबारको खेलमा जित हासिल गरी अन्तीम चारमा उनीहरु प्रबेस गरेका हुन । शुक्रबार महिला तथा पुरुषका ७ वटा तौल समुहमा प्रतिष्प्रर्धा हुदा ६ वटा इभेण्टका खेलमा दोश्रो तथा तेश्रो चरणमा प्रबेस गरेका छन। क्वाटर, सेमि फाईनल हुदै फाईनल खेल शनिबार नै हुने भएको आयोजक कास्की क्योकुशिन कराँते संघले जनाएको छ ।

karate-2

होटल डोनस्टि लेकसाइडको मुख्य प्रायोजनमा र शिन क्युकुशिन कराँत केन्द्रीय डोजो त्रिपुरेश्वर काठमाण्डौंको सह–प्रायोजनमा शनिबार सम्म चल्ने प्रतियोगितको उद्घाटन वक्सीङका पुर्व अन्तर्राष्ट्रिय खेलाडी पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले गरे। कार्यक्रममा बोल्दै उनले देशको अस्थीर राजनीतिकको कारणले गर्दा नेपालको खेल जगतले पनि फट्को मार्न नसकेको गुनासो गरे । उनले भने “ नेपालको खेलकुद विकासमा यहाँका मल्टीनेश्नल कम्पनीहरुले खासै लगानी गरेका छैनन, यसमा अब उनीहरुले आफ्नो सामाजिक उत्तरदाहित्व वोद गर्नु पर्दछ । ” शिन क्योकुशिन कराँते संघ पश्चिमाञ्चलकाप्रमुख प्रशिक्षक असोक लामा (रुम्वा) को अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा प्रतियोगिता आयोजक कमिटिका अध्यक्ष प्रेमबहादुर तामाङ, सचिव के बी लामा लगायतले वोलेका थिए । उद्घाटनको अवसरमा सानी वालीका आकृती तामाङले नृत्य प्रस्तुत गरेकी थिईन ।

खेकलुदको विकाससंगै नयाँ खेलाडीहरु उत्पादन गर्ने उद्धेश्यले पनि आफुहरुले यस प्रतियोगितालाई निरन्तरता दिन लागेको शिन क्योकुशिन कराँते संघ पश्चिमाञ्चलका प्रमुख प्रशिक्षक असोक लामा (रुम्वा) ले बताए । एकल र उत्कृष्ट हुने डोजोलाई नगदसहित, ट्रफि, मेडल, प्रमाणपत्रले सम्मान गरीने भएको संयोजक श्रीकृष्ण श्रेष्ठले बताए  । पुरुष तर्फ ४० केजी तौल समुह मुनि, ५० केजी तौल समुह मुनि, ५५ केजी मुनि, ६० केजी तौल समुह मुनि र खुल्ला तर्फ गरी ५ वटा इभेण्टमा प्रतिष्प्रर्धा हुदै छ । त्यसै गरी ५० केजी तौल समुह मुनि र खुल्ला तर्फ गरी महिला तर्फ दुई ईभेण्टमा प्रतिस्प्रर्धा हुदै छ । प्रतियोगितामा काठमाण्डौं, काभ्रे, चितवन, बिरगन्ज, रौतहट, मकवानपुर, नेपालगन्ज, जनकपुर, लालवन्दी, उर्लावारी, भैरहवा, बनेपा, धनगढी, दाङ, सर्लाही, मोरङ लगायतका करीब २१ जिल्लाका एक सय ५५ जना खेलाडीहरु सहभागि हुने भएको संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कुमार श्रेष्ठले बताए । त्यसै गरी भारतको रक्सौलबाट १६ जना खेलाडीहरु आएको प्रशिक्षक लामाले बताए । संघका संस्थापक अध्यक्ष लक्ष्मण कुमार श्रेष्ठको गत बर्ष निधन भएकोले उनको स्मृतिमा उक्त प्रतियोगिता संचालन भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button