खेलकुदको लोगो र पोशाक बिर्सेर खेलकर्मीलाई राजनीतिकरण गर्न नदिने मन्त्रीको चेतावनी

पोखरा, २६ भदौ – 

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीले खेलकुदको लोगो र पोशाक बिर्सेर खेलकर्मीलाई राजनीतिक करण गर्न नदिने चेतावनी दिएका छन । नेपाल सितोरीयो कराँते महासंघको आयोजनामा आईतबार देखि पोखरामा सुरु भएको राष्ट्रिय रेफ्रि सेमिनारको उद्घाटन गर्दै मन्त्री श्रीपाईलीले खेलकुदमा राजनीतिक करण भएकोले नेपालको खेलकुदले गति लिन नसकेको दाबी गर्दै खेलकुदको लोगो र पोशाक बिर्सेर खेलकर्मीलाई राजनीतिक करण गर्न नदिने चेतावनी दिएका हुन ।

आफु राजनीतीक पृष्टभुमिबाटै मन्त्रीमा आएको बताएका उनले खेलकुद जस्तो क्षेत्रमा राजनीतिककरण हुन नहुने बताउदै आफु रहदा सम्म कुनै पनि हालतमा खेलकुदमा राजनीतिककरण गर्न नदिने यदी आफुले काम गर्दै जादा विधि संगत काम गर्न नसके तत्काल मन्त्री पद त्याग गर्ने उद्घोष गरे । खेलकुदमा राजनीतिककरणले गर्दा व्यत्ति केन्द्रीत स्वार्थमा लागेर नेपाली हुनुको जिम्मेवार समेत वहन गर्न नसकेको मन्त्री श्रीपाईलीले दाबी गरे । आफ्नो कार्यकाल निकै अवसर र चुनौतीको भएकोले त्यसको सामना गर्न आफु तयार रहेको बताउदै आफ्नो पदमा रहदा कसैको दबाबमा काम नगर्ने उनले जनाए । क्यान र एन्फामा आफुहरुले हात हालेकोले अव खेलसंघहरुमा देखिएको विवाद अन्त्य गर्देै ओलम्पीकमा खेलाडीहरु जाने नाममा खेलाडी भन्दा व्यावस्थापकीय टोली धेरै जाने सिस्टमलाई रोकेर राज्यको ढिकुटी सिध्याने सिस्टमलाई आफुले रोक्न मन्त्रीले दाबी गरे ।

tekwando

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुर्वाअञ्चल विकास क्षेत्रमा तोकिएको मितिमा हुने बताएका मन्त्री श्रीपाईलीले १३ साग नेपालको ईज्जत र प्रतिष्ठासंग जोडिएकोले नेपालमा हुने दाबी गरे । उनले पोखरालाई खेलकुद नगरीय बनाउन गुरु योजना बनाए अघि बढ्न आग्रह गरे । पोखरामा सागका केहि खेलहरु हुने बताएका उनले यहाँको भौतिक संरचनामा सरकारको ध्यान आकर्षण भएको जनाए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले नेपालले अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न राष्ट्रहरुलाई जित्ने आधार भनेकै खेलकुद भएकोले यसको विकासमा सवै लाग्न आग्रह गरे । ५ दिनसम्म चल्ने उक्त सेमिनरमा दशै भरीका ७५ जिल्लाबाट करीब तीन सय भन्दा बढि खेलाडी सहभागी भएको संघ कास्कीका अध्यक्ष सुरेन्द्र गुरुङले बताए । संघका अध्यक्ष दावा गुरुङको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button