असोजको पहिलो साता अन्तर कलेज भलिबल प्रतियोगिता हुने

पोखरा, २७ भदौ –

पोखरा बहुमुखि क्याम्पस विद्यार्थी कल्याणकारी संघको आयोजनामा असोजको पहिलो साता देखि अन्तरकलेज कास्की जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि सशस्त्र प्रहरीको मालेपाटनस्थित कालिका गणको मैदानमा उक्त प्रतियोगिता हुने भएको संघका अध्यक्ष सुवाश शर्माले बताए ।

प्रतियोगितामा कास्कीका सामुदायिक र नीजि क्याम्पसका छात्र टिमले भाग हुने भएका छन । कास्कीका सबैजसो सामुदायिक र नीजि क्याम्पसमा सहभागिताका लागि पत्राचार गरेको शर्माले जनाए । प्रतियोगितामा करीब १५ टिम सहभागि गराउने लक्ष्य रहेको उनले बताए ।‘राष्ट्रका लागि स्वस्थ खेलाडी’ भन्ने नारासहित आयोजित प्रतियोगितामा क्याम्पसमा अध्ययनरत विद्यार्थीमा भलिवल खेलको क्रेज बढाउन पनि प्रतियोगिता आयोजना गर्न लागिएको शर्माले जनाए । शर्माका अनुसार प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः २० र १२ हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड, मेडल प्राप्त गर्नेछन ।

क्याम्पस प्रमुख सुनील मर्सानीले सामुदायिक क्याम्पसबीचको सम्बन्ध अझै बलियो बनाउन यो प्रतियोगिताले सघाउने बताए । उनका अनुसार पोखरा बहुमुखिले यो पटक छात्र भलिवल प्रतियोगिताको जिम्मा पाएको छ । त्यस्तै छात्रा प्रतियोगिताको लागि अन्य कुुनै सामुदायिक क्याम्पसले जिम्मा पाउने उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button