आहा ! रारा गोल्ड गोल्ड कप सफल पार्न सल्लाहकार समिति गठन

पोखरा-

मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ लाई सफल पार्न ५०१ सदस्यीय मुल आयोजक समिति र १०१ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । सहारा क्लवका अध्यक्ष वीरभद्र आचार्यलाई प्रतियोगिता मुल आयोजक समितिको अध्यक्ष एवँ वरिष्ठ उपाध्यक्ष केशब बहादुर थापालाई प्रतियोगिता संयोजक र महासचिब केशबराज बराललाई सदस्य सचिब जिम्मेदारी दिने निर्णय भएको क्लवले जनाएको छ । मुल आयोजक समितिमा स्थानीय संघ संस्था, खेलप्रेमी, पत्रकार लगायत सहयोगदाताहरुलाई समेटिएको छ भने प्रतियोगिताको सल्लाहकार समितिमा

खेलकुदका नियमनकारी निकाय, स्थानीय निकाय, जिल्ला र सदरमुकाममा रहेका सुरक्षा निकायहरुलाई राखिएको महासचिव बरालले बरालले बताए। सिङ्गो पोखराको ईज्जत र प्रतिष्ठाको बिषयसंग गोल्ड कप जोडिएको हुँदा सम्र्पुण खेलप्रेमी,दर्शक,पे्रष क्षेत्र,व्यापारीबर्ग,विभिन्न तप्कामा रहेका व्यवसायी,विद्यार्थीवर्ग,राजनैतिक दल, भातृ संगठन, लगायत सम्बन्धित सबैबाट बिगतका बर्षहरुमा जस्तै सहयोगको अपेक्षा गरीएको मुल आयोजक समितिले अपेक्षा गरेको क्लवका अध्यक्ष आचार्यले बताए । हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन, माघ ४ गते देखि १५ गते सम्म पोखरा रंङ्गशालाको खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको छ । खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने साविक कै नारा अनुरुप संञ्चालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करीब ८२ लाख ९२ हजार ३ सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताबाट १ करोड ७ लाख ८२ हजार रुपैयाँ आम्दानी हुने आयोजक संस्थाले अपेक्षा गरेको छ । प्रतियोगितामा माईक्रो म्याक्स मोबाईलको उप–प्रायोजन, पोखरा उपमहानगर पालिकाको संयोजन, राष्ट्रिय खेलकुद परिषद÷अखिल नेपाल फुटबल संघ÷पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्की÷कास्की जिल्ला फुटबल संघ÷ सहारा यु.के.÷सहारा हङ्गकङ्ग÷सहारा अष्ट्रेलिया समेतको बिशेष सहयोग, सर्वोत्कृष्ट खेलाडी पुरस्कार हिरो ड्यास स्कुटर, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा, अफिसियल ड्रिङ्ग वाटर ईको पानी, अफिसियल एयर लाईन्स बुद्ध एयर सहयोगी संस्थाहरु याट्स, एल जि.टि.भी.समेतको सहयोगमा यस प्रतियोगिता संञ्चालन हुनेछ । सो प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित सहारा एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो ब्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button