पोखरामा वडास्तरीय फुटवल प्रतियोगिता सुरु : पोखरा २५ पुम्दी भुम्दीको विजयी सुरुवात

पोखरा –

पोखरामा विहिबार देखि वडा स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ ।पोखरा उप–महानगरपालीकाको आयोजना, जिल्ला खेलकुद विकास समिति कास्कीको संयोजन, एन्फा करीबको व्यबस्थापनमा करीब दुई दशक पछि पोखरामा उक्त प्रतियोगिता पहिलो पटक सुरु भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रत्येक बर्ष आयोजना गर्ने गरी खेल सुरु गरीएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । उनका अनुसार प्रतियोगितामा २९ वडाहरु मध्य २४ वडा वडाहरुले सहभागि जनाएको बताए । अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा विहिबार विहान भएको पहिलो खेलमा पोखरा २५ पुम्दी पुम्दीले विजयी सुरुवात गरेको छ । पोखरा २५ पुम्दी भुम्दीले पोखरा ३ नदीपुरलाई २–१ को गोल अन्त्रले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलको १५ मिनेटमा वसन्त गुरुङले एक गोल गरी पोखरा २५ लाई अग्रता दिलाए । त्यसै गरी खेलको ३३ मिनेटमा नदीपुरका संजय जलारीले गोल गरी खेल बराबरीमा पुराए । खेलको ५५ मिनेटमा रन्जित गुरुङले उत्कृष्ट गोल गरी टिमलाई विजयी गराएका हुन । त्यसै गरी पोखरा २ ले पोखरा २३ लाई २–१ को गोल अन्तरले पराजित गर्यो । अर्को खेलमा पोखरा १६ ले पोखरा ८ लाई ३–० ले पराजित गर्यो । पोखरा २९ ले पोखरा ७ लाई टाईबे्रकरको सिकार बनाउदै जित हासिल गर्यो । निधारित समयमा दुबै तर्फ गोल रहित खेल बराबरीमा टुंगिए पछि टाइब्रेकरमा खेल पुगेको हो । टाइब्रेकरमा ४–३ ले पोखरा २९ ले जित दर्ता गर्यो । अर्को खेलमा पोखरा १४ ले पोखरा २४ लाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्यो ।

यस अघि पोखरा उपमहानगरपालीका कार्यालयका कार्यकारी अधिकृत नवराज ढुंगना, कार्यालयका कानुनि अधिकृत नारायण शर्मा, अञ्चल प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) महेन्द्रकुमार पोखरेल, एन्फा कास्कीका उपाध्यक्ष मीलन गुरुङले संयुक्त रुपमा रेफ्रि सुसिल केसीलाई वल हस्तान्तरण गरी खेल सुरु गरेका हुन ।

यसैबिच, भोलि शुक्रबार उक्त प्रतियोगिताको औपचारीक रुपमा पोखरा रंगशालामा उद्घाटन हुने भएको प्रतियोगिताका संयोजक पोखरा
उपमहानगरपालीकाका बरिष्ठ कानुनि अधिकृत नारायण शर्माले बताए । उनका अनुसार उद्घाटन खेलमा पोखरा ५ र पोखरा १७ बिच खेल हुने भएको हो । पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बरालले विहान ११ बजे उक्त प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button