वैधरुपमा नेपालमा रहेका ५ सय र १ हजारका भारु चाँडै नै साटिने

फाल्गुन २०-

भारतीय वित्त मन्त्री अरुण जेट्लीले नेपालमा रहेका ५ सय र १ हजारका प्रतिबन्धित भारतीय नोट चाँडै नै साटिने बताएका छन् । नेपाल लगानी सम्मेलन–२०१७ मा सहभागी हुन आएका जेट्लीले शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै वैधरुपमा नेपालमा रहेका भारतीय नोट साटिने बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

‘हाम्रो केन्द्रीय बैंक र यहाँको केन्द्रीय बैंकको टोलीले यसबारे छलफल, अध्ययन गरिरहेको छ,’ उनले भने, ‘दुवै देशका केन्द्रीय बैंकहरुले यसबारे छलफल गरी टुङ्गो लगाउने छन् ।’ उनले हालसम्म आफूले भारतबाट आएको टोलीले गरेको अध्ययन प्रतिवेदन नपाएको जानकारी दिए । ‘यो हाम्रो केन्द्रीय बैंकको स्वायत्त अधिकार हो, नेपालमा रहेका वैध नोटहरु साटिन्छन्,’ उनले भने ।

हालै रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)को टोली नेपाल आएर भारतीय नोटबारे अध्ययन गरी फर्किएको छ । भारतले ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा रहेका नोट अहिलेसम्म साटिएका छैनन् ।

नेपालले गरेको सम्मेलनले लगानीकर्तालाई आकर्षित गर्ने जेट्लीले विश्वास व्यक्त गरे । उनले दक्षिण एसियाका उपक्षेत्रीय व्यापारिक सहकार्यहरु योजना अनुसार नै अघि बढ्ने बताए ।

स्रोत -कान्तिपुर   https://kantipur.ekantipur.com/news/2017-03-03/20170303115054.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button