भुतपूर्व खेलाडी मंच नेपालको अध्यक्षमा तेज गुरुङ्ग


पोखरा,
भुतपूर्व खेलाडी मंच नेपालको शुक्रवार सम्पन्न पाँचौ अधिवेशनले तेज गुरुङ्गलाई अध्यक्षमा निर्वाचित गरेको छ । नेपाल ओलोम्पिक कमिटीका सदस्य तथा नेपाल ह्याण्डबल संघका अध्यक्ष समेत रहेका गुरुङ्ग यस अघि मंचको प्रथम उपाध्यक्ष रहेका थिए । अधिवेशनले खेम गुरुङ्ग लाई महासचिवमा निर्वाचित गरेको छ ।
अधिवेशनले मंचको प्रथम उपाध्यक्षमा हरी प्रसाद पराजुली, द्वितिय उपाध्यक्षमा दिल वहादुर गुरुङ्ग, सचिवमा कृष्ण तिमिल्सिना, कोषाध्यक्षमा मञ्जुलमान श्रेष्ठ, सह–कोषाध्यक्षमा महेश पौडेल र सदस्यहरुमा दिनेश श्रेष्ठ, केशव पाठक, जुम गुरुङ्ग, तिलक केसी, विश्व तञ्डुकार, योगेन्द्र बस्नेत, ओम बहादुर गुरुङ्ग, हरी बहादुर वरुवाल, हरीश्वर पोख्रेल, भरत कुमार आले र पुष्पा श्रेष्ठ रहेका छन ।
यस अधि मंचको पाँचौ अधिवेशनलाई पश्चिम पृतना उपरथी जगदिश चन्द्र पोखरेलले उद्घाटन गरेका थिए । मंचका निवर्तमान अध्यक्ष खड्ग रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा एन.आर.एन युकेका अध्यक्ष मुछेत्र गुरुङ्गले समेत बोलेका थिए ।
मंचले पोखरामा हरेक वर्ष अन्तराष्ट्रिय पोखरा म्याराथनलाई आयोजना गर्दै आइरहेको छ । मंचले पोखरा रंगशालाको पर्खाल निर्माण गरि रंगशाला संरक्षणको उदाहरिणय कार्य गरेको थियो । पूर्व खेलाडीहरुको संस्थाको रुपमा परिचित भूतपूर्व खेलाडी मंचमा २ सय जना अजिवन सदस्य रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button