पोखरा न्युज –
शनिबार दिउँसो आँधीखोलामा एक वृद्धा बेपत्ता हुनुभएको छ ।
प्रहरी चौकी, दहथुमका प्रहरी जवान मीनबहादुर केसीका अनुसार भीरकोट नगरपालिका–७, देउराली बस्ने वर्ष ६५ की डिलमाया माझी आँधीखोलामा बेपत्ता हुनुभएको हो । प्रत्यक्षदर्शीका अनुसार भीरकोट नगरपालिका–१ हेलुबजारबाट घरतर्फ जाँदै गर्दा वृद्धा माझी शिवमन्दिर नजिक रहेको झोलुङ्गे पुलबाट आँधीखोलामा खसेको बताइएको छ ।
झोलुङ्गे पुलबाट आँधीखोलामा खसेकी माझीको प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन् । खोलामा पानीको बहाव बढी भएकाले पनि खोजी कार्यमा कठिनाई भएको स्थानीय राजनप्रसाद पौडेलले बताउनुभयो । रासस