नारायणगढ-मुग्लिन सडक खुला

पोखरा न्युज ।

नारायण–मुग्लिन सडकखण्ड विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध बनेकामा आज अपराह्न २ः१५ बजेदेखि सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट नारायणगढतर्फ नौ किमीसम्म साना ठूला १६ ठाउँमा पहिरो खसेका थिए । सोमध्ये पाँच किलो नजिकै ठूलो ढुङ्गा खसेपछि पहिरो पन्छाउन समय लागेको थियो । सो ढुङ्गा फोरेर फालिएपछि सडक सञ्चालनमा आएको हो ।

बिहान पहिरो खसेपछि शनिबार साँझदेखि रोकिएका सवारीसाधन सञ्चालनमा आएका छन् । उक्त सडकखण्डमा पहिराको जोखिमका कारण राति यातायात आवागमन रोक्ने गरिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button