रिभान पाथेगाउँका पहिरो पीडितलाई पृथ्वी होटल व्यवसायीको राहत

पोखरा न्युज ।

पृथ्वी होटल व्यवसायी समिति पृथ्वीचोक पोखराले कास्कीका माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ रिभान पाथेगाउँका पहिरो पीडितहरुलाई राहत वितरण गरेको छ ।

अध्यक्ष कमलप्रसाद न्यौपाने, संस्थापक अध्यक्ष रिजन शेरचन, सल्लाहकार विक्रम थकालीसहित गएको पृथ्वी होटल व्यवसायी समितिको टोलीले पहिरो पीडितहरुका लागि ५२ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका हुन् । पहिरो गएको स्थानमै आयोजित कार्यक्रममा समितका तर्फबाट अध्यक्ष न्यौपाने र संस्थापक अध्यक्ष शेरचनले पाथेगाउँ रिभान बिपद ब्यबस्थापन समितिका सदस्य रामबहादुर गुरुङलाई सो रकम र चेकर हस्तान्तरण गरे ।

चेक हस्तान्तरण पछि बोल्दै समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले समितिमा आबद्ध होटल व्यवसायीहरुबाट स्वतःस्फूर्त रकम उठाएर सहयोग गरेको बताए । उनले गाँस काटेर गरेको सहयोगले पीडितमा थोरै भएपनि राहत प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘एकले थुके सुकी, सयौंले थुके नदी भनेजस्तै सबैको थोरैथोरै सहयोगले धेरै बनाएर पीडितलाई पुर्नस्थापना गर्न पुग्ने विश्वास छ ।’

संस्थापक अध्यक्ष रिजन शेरचनले आफूहरुले सहयोगको सानो प्रयास गरेको र यसले पीडितको घाउमा मल्हमपट्टी लगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राहत संकलन संयोजक भवानी अधिकारीले आफू पनि रिभानको भएकाले भावनात्मक रुपमा नजिक रहेकाले केहि सहयोग गर्ने इच्छा अनुरुप नेतृत्वलाई आग्रह गरेर राहत संकलन गरेको बताए । उनले ढिलै भएपनि पीडितलाई थोरै भएपनि सहयोग गर्न पाएकोमा अत्यन्तै खुशी लागेको बताए ।

राहत रकम ग्रहण पछि पाथेगाउँ रिभान बिपद ब्यबस्थापन समितिका सदस्य रामबहादुर गुरुङले पोखराबाट पहिरो गएको स्थलमै पुगेर सहयोग गरेकोमा पृथ्वी होटल व्यवसायी समितिलाई धन्यवाद दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button