पोखरामा किरण खड्का स्मृति सेभेन–ए साईड फुटबल प्रतियोगिता जारी

पोखरा न्युज । 

एल.जी.एशोसियसन र रन्जन मेमोरियल क्वाटरफाईनलमा प्रवेश

एल.जी.एशोसियसन र रन्जन मेमोरियल पोखरामा जारी प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटवल प्रतियोगिताको क्वाटरफाईनलमा प्रबेस गरेका छन ।

पोखराको अम्मरसिंहचोक स्थित अमरसिंह माविको खेल मैदानमा बुधबार भएको खेलमा खेलमा एल.जी. एशोसियसनले ब्रर्दर हुड एफ.सी.लाई ४–० को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । एल.जीको जितमा म्यान अफ दी म्याच घोषित अजित गुरुङले दुई र विरेन गुरुङ तथा असोक गुरुङले एक एक गोलको योगदान दिए । त्यस्तै अर्को खेलमा रन्जन मेमोरियलले मसिना एफ.सी.बी माथि २–१ को जित दर्ता गरी अन्तिम आठमा स्थान बनाएको हो । रन्जन मेमोरियलको जितमा म्यान अफ दी म्याच घोषित आगमन खड्का र सुनिल तामाङले एक एक गोलको योगदान दिए ।

बुधबार भएको पहिलो खेलमा एकता एफ.सी. एले मालेपाटन युनाईटेडलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै प्रि–क्वाटरफाईनलमा यात्रा तय गरेको हो । म्यान अफ दी म्याच घोषित विकास वानियाले एकताको जितमा निर्णायक गोल गरेका हुन । दोश्रो खेलमा गलेश्वर वाई.सी.ले ए.वाई.सी. भण्डारढिकलाई ३–० को गोल अन्तरले पराजित गरी प्रि–क्वाटरफाईनलमा यात्रा तय गरेको हो । गलेश्वरको जितमा म्यान अफ दी म्याच घोषित लविस गुरुङले दुई र सुजन गुरुङले एक गोल गरे । तेश्रो खेलमा पस गाँउ एफ.सींले एन.सी.एस.एम. (कस्केरी ) लाई २–१ को गोल अन्तरले परािजत गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । पस गाँउको जितमा दुई गोल गरेका नवराज गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

चौथो खेलमा आयोजक शितल ज्योति युवा क्लव एले दोब्रे एफ.सी.लाई २–० ले पराजित गर्दै प्रि–क्वाटरफाईनलमा स्थान पक्का गरेको हो । शितल ज्योतिको जितमा किरण गुरुङ र वेद बहादुर थापाले एक एक गोलको योगदान दिए । खेलमा दोब्रे एफ.सी.का मनिस क्षत्री म्यान अफ दी म्याच घोषित भए । बुधबारको अन्तिम खेलमा संगम एफ.सी.ले डढुवा एफ.सी.लाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गरी प्रि–क्वाटरफाईनलमा स्थान बनाएको हो । संगमको जितमा म्यान अफ दी म्याच घोषित विजय श्रेष्ठले ह्याट्रिक, बेल प्रसाद गुरुङले दुई र मानबहादुर तामाङले एक गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत भोलि विहिबार प्रि–क्वाटरका ६ खेल हुने भएको क्लवका सचिव पुर्ण गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button