स्व. रोटरीयन थापाको स्मृतीमा पोखरामा फुटसल प्रतियोगिता हुने

 

पोखरा न्युज ।

रोटरी क्लव अफ पोखरा मिड टाउनका सदस्य कृष्ण बहादुर थापाको स्मृतीमा फुटसल प्रतियोगिता हुने भएको छ । गत वर्ष पोखरामा बाढीले बगायर निधन भएका थापाको स्मृतीमा यही भदौ २४ गते उक्त प्रतियोगिता पोखरामा हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

उक्त प्रतियोगितामा १२ टिमको सभागिता हुने आयोजकले जनाएको छ। पोखरा र यस क्षेत्रमा रहेका रोट्याक्ट क्लवको सहभागिता रहने फुुटसल प्रतियोगिता गर्न करिब १ लाख पचास हजार खर्च लाग्ने र करिव ५० हजार नाफा गरी समाजिक सेवामा खर्च गरीने रोट्याक्ट क्लव अफ पोख मिड टाउनका अध्यक्ष अनिल लामिछानेले जानकारी दिए ।

फुटसल प्रतियोगिता मार्फत आपसी भाईचारा र आत्यिता बढाउने उद्देश्य सहित कार्यक्रम गर्न लागीएको कार्यक्रम संयोजक रामप्रसाद दाहालले जानकारी दिएका छन् । सामाजिक क्षेत्रमा नयाँ पहिचान वनाउन सफल रोट्याक्ट क्लफ अफ पोखरा मिड टाउनले भूकम्प पिडितका लगाी करिब ४ लाख र बाढी पिडितका लागी ५० हजार बढी सहयोग गरीसकेको छ । कार्यक्रममा क्लवका सल्लाहका कृष्ण प्रसाद तिमिल्सेना, रोटरी क्लव अफ पोखरा मिड टाउनका अध्यक्ष महेन्द्र वहादुर गोदारले जानकारी दिनुका साथै सञ्चालन क्लवका सचिव सुभास आचार्यले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button