कपिलवस्तुको स्थानीय खोलामा डुबेर दुई युवतीको मृत्यु

पोखरा न्युज ।

कपिलवस्तु जिल्लाको यशोधरा गाउपालिका– २ का दुई युवतीको स्थानीय खोलामा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय इन्द्रावती यादव र १५ वर्षीय रिमा कोहार रहेको प्रहरीले जनाएको छ ।

कुचो बनाउने घाँस काट्न गएका उनीहरुको खोला डुबेर मृत्यु गएको हो । खोला किनारमा रिमा घाँस काट्दै गर्दा खसेर डुब्न लागेपछि उनलाई बचाउन खोज्दा अर्की इन्द्रावती पनि डुबेर मृत्यु भएको थियो । दुबै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएकोे प्रहरीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button