नेपाल र भुटान बुधबार भिड्ने

पोखरा न्युज । 

एसिसी उन्नाइस वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल बुधबार भुटानको सामना गर्नेछ ।

मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २५५ रनको भारी अन्तरले पराजित गर्दै जित हासिल गरेको थियो ।

त्यस्तै भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पनि नेपालले पहिलो खेलमा जस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपालका मुख्य प्रशिक्षक विनोद दासले बताउनुभयो ।

“प्रत्येक खेलाडीले २० रनभन्दा माथि बनाउपर्नेछ, त्यसपछि दुई÷तीन खेलाडीले अर्धशतक र शतक प्रहार गर्ने कोसिस गर्नुपर्छ”, प्रशिक्षक दास भन्नुहुन्छ । उहाँले पहिलो खेलमा खेलाडीले त्यो जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै उक्त प्रतियोगितामा च्याम्पियन बनेर एसिया कप छनोट हुने नेपालको लक्ष्य रहेको बताउनुभयो ।

त्यस्तै नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले भुटानका बारेमा आफू धेरै जानकार नभए पनि आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button