स्याङजामा पहिलो पटक हुने अन्तराष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा न्युज ।

बाबु एडभेञ्चर क्लब र जिल्ला समन्वय समिति स्याङजाको आयोजनामा स्याङजाको स्वरेक मैदानमा पहिलो पटक हुने अन्तराष्ट्रिय खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता तथा राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा संचालन हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको शनिबार पोेखरामा आयोजित पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष एवं कार्यक्रम संयोजक कृष्णजङ्ग के.सी.ले बताए ।

उक्त प्रतियोगितासंगै स्थानिय कला संस्कृति, मौलिकताको बिषयमा बिषेश ध्यान दियर स्थानिय रुपमा तयारी स्वरुप स्याङजाको भालु पहाड देखि सरसफाईमा समेत ध्यान दिएको उनले जनाए ।

उक्त प्रतियोगितामा नेपाल सहित करिब १० देशका विदेशी प्याराग्लाईडिङ पाईलटहरुको सहभागिता हुने भएको केसीले जनाए । ६ दिन सम्म चल्ने प्रतियोगितामा नेपालका करिब दुई सय जना सहित ३ सय जना सहभागी हुने भएको उनले जनाए । नेपाली हवाई खेलाडीहरुको नेपालमै पहिलो पटक टिम समेत घोषणा गर्न पनि छनौट प्रतियोगिता आयोजना हुने भएको नेपाल प्याराग्लाईडिङ तथा ह्याण्ड ग्लाईडिङ संघका प्रमुख प्रशिक्षक सानु बाबु सुनुवारले बताए । उनका अनुसार तीन चरणमा हुने छनौट प्रतियोगिताबाट उत्कृष्ट हुने नेपाली खेलाडीहरुलाई सन २०१८ मा ईण्डोनेसियामा हुने “एशियन ओलम्पिक गेम” का लागि नेपाली राष्ट्रिय खेलाडी छनौट हुनेछन ।

प्रतियोगिताबाट सन् २०१८ मा इन्डोनेसियामा हुने एशियाली हवाई खेलकुदका लागि चार जना महिला र ८ जना पुरुष खेलाडी छनौट गरिने भएको छ ।

एकोरेसी, क्रसकन्ट्री र टेण्डम गरी तीन वटा विधामा प्रतिष्प्रर्धा हुने भएको नेपाल प्याराग्लाईडिङ तथा ह्याण्ड ग्लाईडिङ संघका उपाध्यक्ष कृष्ण हरी सुवेदीले बताए । प्याराग्लाईडिङ खेलको प्रवद्र्धन गर्न पनि यस पटक स्वरेकमा उक्त प्रतियोगिता हुन लागेको संघका उपाध्यक्ष सैलेन्द्र कुमार रावतले बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्त बहादुर गुरुङले उक्त प्रतियोगिताले साहासिक पर्यटकहरुको प्रवद्र्धनमा थप टेवा पुग्ने बताए । प्रतियोगितामा स्याङजाका ११ वटा स्थानिय निकायबाट करिब ४० लाख संकलन हुने भएको प्रतियोगिताका प्रशासनिक क्षेत्रका अनन्त कुमार श्रेष्ठले बताए ।

एकोरेसी विधामा निर्णायकले दिएको निश्चित दुरी पार गरी निश्चित स्थानमा ल्याण्ड गर्ने । क्रसकन्ट्रीमा तोकिएको विभिन्न डाँडा पार गरी सबै भन्दा छिटो फर्कि तोकिएको स्थानमा ल्याण्ड गर्ने । टेण्डम विधामा लामो समय आकारमा उडान भर्दै तोकिएको स्थानमा पुग्ने र ल्याण्ड गर्दा पनि तोकिएको स्थानमै ल्याण्ड गर्ने । खुल्ला प्याराग्लाइडिङ प्रतियागितामा चीन, भारत, अमेरिका, बेलायत, सिंगापुर, मलेसिया, अष्ट्रेलिया, कोरिया लगायतका देशका खेलाडीको सहभागि हुने भएको क्लवले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद, नेपाल हवाई खेलकुद संस्था (ना), नेपाल प्याराग्लाईडिङ तथा ह्याण्ड ग्लाईडिङ संघको सहयोगमा उक्त प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगितालाई सफलता पुर्वक सम्पन्न गर्न र प्याराग्लाईडिङ खेलको निगमनकारी निकाय एफएआई क्याटागोरी टुबाट अण्डीका उन्तुड सेतीवान, फेडजल विन्कीपाली र अहामद फेसल तीन सदस्य एक प्राविधिक टोली समेत नेपाल आईसकेको छ ।

उक्त प्रतियोगिताले साहसिक हवाई खेलको प्रर्वधन गरि नेपालको पर्यटन क्षेत्रमा विषेश योगदान गर्ने, नेपालका हवाई खेलहरुमा भएका संभावनाहरुलाई अंन्र्तराष्टिय स्तरमा प्रचार प्रसार गर्ने, नेपाली हवाई खेलाडिहरुमा अन्र्तराष्ट्रिय स्तरमा प्रर्वधन गर्ने , हवाई खेलकुदलाई व्यवसायिक पर्यटनको रुपमा विकास गर्ने भएको आयोजकले जनाएको छ । स्वरेकमा क्लवले केही बर्ष देखि प्याराग्लाइडिङ सम्बन्धी प्रशिक्षण दिने स्कुल समेत गर्दै आएको छ भने उक्त स्थानमा टेण्डम फलाईट समेत हुने गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button