ट्रायथोलनमा आर्मीको बर्चस्व

धन बस्नेत,

पोखरा न्युज ।

१३ औं दक्षिण एशियाली खेलकुदको पुर्व तयारीको लागि पोखरा शनिबार आयोजित महिला तथा पुरुष द्वाथोलन तथा ट्रायथोलनमा नेपाल आर्मीका खेलाडीको बर्चस्व रह्यो । पोखराको फेवातालमा आयोजित प्रतियोगितामा आर्मीका बसन्त थारुले १ घण्टा ६ मिनेट १९ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते । त्यसैगरी आर्मीकै दिपेश चौधरीले १ घण्टा ७ मिनेट ५० सेकेण्डमा पुरा गर्दै रजत पदक र आर्मीकै रुद्र कुटवालले १ घण्टा ८ मिनेट १५ सेकेण्डमा पुरा गर्दै कास्य पदकका चिक्त बुझाए । महिला तर्फ एपीएफकी सोनिया गुरुङले १ घण्टा २२ मिनेट २४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक आफनो नाममा लेखाईन। आर्मीकी यामकुमारी भुजेलले रजत पदकमा चित्त बुझाउँदा १ घण्टा २६ मिनेट ५५ सेकेण्ड लगाईन् ।

नेपाल ट्रायथोलन संघको आयोजनामा सम्पन्न “सातौं राष्ट्रिय ट्रायथोलन च्याम्पियनसिप” सागको लागि छनोट प्रतियोगिताको रुपमा लिइएको छ । पोखराको फेवातालमा भएको ट्रायथोलनमा ७५० मिटर स्वीमिङ, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर रनिङ (दौड) मा प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी द्वाथोलन प्रतिस्पर्धामा महिला तर्फ हुमी बुढामगर(प्युठान)ले १ घण्टा १० मिनेट ५५ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदकको हकदार बनिन् । त्यस्तै आर्मीकी मन्जु खड्काले १ घण्टा १४ मिनेट १२ सेकेण्डमा पुरा गरिन् । झापाकी शान्ताकला राईले १ घण्टा २१ मिनेट ४१ सेकेण्डमा टुग्याउँदै कास्य पदक जितिन् ।

पुरुष तर्फको प्रतिस्पर्धामा आर्मीका मानबहादुर थापाले ५७ मिनेट ३६ दशमलव ०८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जिते । शसस्त्रका किरण बरालले ५९ मिनेट २० दशमलव २१ सेकेण्डमा पुरा गर्दै रजत पदक र शसस्त्रकै लक्ष्मण बरालले १ घण्टामा पुरा गर्दै कास्य पदक जिते । द्वाथोलनमा २० किलोमिटर साईक्लिङ, ५ किलोमिटर रनिङ(दौड)मा खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ट्रायथोलनमा ९ जना र द्वाथोलनमा २१ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button