बुद्धिले दिलाए नेपाललाई स्वर्ण

पोखरा न्युज ।

भारतको राजधानी दिल्लीमा आयोजित बिश्व पावरलिफ्टिङ्ग च्याम्पियनसिपमा नेपाली खेलाडी बुद्धिजंग कार्कीले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।

९० केजी तौल समूहमा कार्कीले १६० केजी भार बहन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका हुन् । उनले भारतिय खेलाडीहरुलाई पछि पारेका थिए । सन् २०१५ मा दिल्लीमानै भएको बिश्व पावरलिफ्टिङ्गमा पनि बुद्धिले रजत पदक प्राप्त गरेका थिए ।

यस अगि सोही प्रतियोगितामा बाबु ज्ञानेन्द्र नकर्मी र छोरा रोजिन नकर्मीले पदक हात पार्दै एकै प्रतियोगितामा बाबु छोराले पदक प्राप्त गरेको ईतिहास रच्न सफल भएका थिए । ज्ञानेन्द्रले मास्टर तर्फ रजत र रोजिनले कास्य पदक हात पारेका थिए ।

७५ केजीमा प्रतिस्पर्धा गरेका प्रकास के.सी.ले भने कुने पदक प्राप्त गर्न सकेनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button