राज्यको लागि पदक जित्दै पावरलिफ्टिङ्ग टोली स्वदेश फिर्ता

पोखरा न्युज ।

भारतको दिल्लीमा आयोजना भएको बिश्व पावरलिफ्टिङ्ग च्याम्पियनसिप २०१७ मा पदक हात पार्दै नेपाली पावरलिफ्टिङ्ग टोली सोमबार स्वदेश फिर्ता भएको छ ।

कार्तिक ६ देखि १० गते सम्म आयोजना भएको च्याम्पियनसिपमा नेपाली टोलीले सहभागी भएको ४ मध्येमा एक स्वर्ण, एक रजत र एक कास्य गरि तीन पदक हात पार्दै राष्ट्रको नाम उच्च राख्न सफल भएका थिए ।

९० केजी तौलमा बुद्धिजंग कार्कीले स्वर्ण प्राप्त गरेका थिए भने एकै च्याम्पियनसिपमा बाबु छोरा ज्ञानेन्द्र नकर्मी र रोजिन नकर्मीले रजत र कास्य प्राप्त गर्दै बाबु छोराले एकै च्याम्पियनसिपमा पदक प्राप्त गर्ने ईतिहास रच्न समेत सफल भएका थिए । प्रशिक्षक तथा खेलाडी ज्ञानेन्द्रले मास्टर तर्फ र रोजिनले १९ बर्ष मुनिको सव जुनियरमा कास्य पाएका थिए ।

बिश्व पावरलिफ्टिङ्गमा नेपालको प्रदर्शन सधै उच्च रहेको छ । २०१४ मा भएको च्याम्पियनसिपमा प्रशिक्षक तथा खेलाडी ज्ञानेन्द्रले स्वर्ण र कार्कीले रजत पदक प्राप्त गरेका थिए । यस्तै २०१५ मा केरेलामा भएको प्रतिस्पर्धामा ज्ञाननारायण महर्जनले कास्य र २००५ मा दिल्लीमानै भएको च्याम्पियनसिपमा दिनेश श्रेष्ठले कास्य पदक प्राप्त गरेका थिए ।

विजयी भएकोमा निकै खुशी भएको भन्दै स्वर्ण पदकधारी खेलाडी बुद्धिले आगामी दिनमा अझ धेरै खेलाडीहरुको सहभागिता गराउने र सवैले स्वर्ण हात पार्ने विश्वास ब्यक्त गरे । प्रशिक्षक ज्ञानेन्द्र नकर्मीले आगामी दिनमा अझ बढि खेलाडीलाई सहभागि गराई अझ बढि स्वर्ण पदक प्राप्त गर्ने बताए ।

विजयी खेलाडीहरुलाई अन्तराष्ट्रिय विमानस्थलमा नेपाल शारिरीक सुगठन तथा फिटनेश संघका महासचिव राजन श्रेष्ठ, पदाधिकारी ईश्वर श्रेष्ठ र राजेश श्रेष्ठ, खेलाडी तथा आफन्तले भव्य स्वागत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button