तेक्वान्दो च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन

पोखरा न्युज ।

इन्डो नेपाल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ । बुधबार लैनचौरस्थित राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षण केन्द्रमा भएको एकदिने च्याम्पियनसिपमा नेपाल टिमले १९ स्वर्ण,१६ रजत र ४२ कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि हात पारयो । भारतले ४ स्वर्ण,६ रजत र २ कांस्य पदक जितेका थियो ।

सिनियर पुरुषतर्फको ४५ केजीमुनि नेपालका धनबहादुर तामाङले स्वर्ण,भारतका यस मिच्राले रजत, नेपालकै सन्तराम चौहान र सुनिल तामाङले कांस्य,५० केजीमुनि भारतका अमितकुमार पाण्डेले स्वर्ण,नेपालका आषिस थापाले रजत,अनिष सुनुवार र नविन बस्नेतले कांस्य,५५ केजीमुनि नेपालका चिरन बुढामगरले स्वर्ण,गोविन्द बुढामगरले रजत,भारतका देशदीपक शर्मा र नेपालका पवन मगरले कांस्य तथा ६० केजीमुनि नेपालका विष्णु घर्तिमगरले स्वर्ण,भारतका सिभान्सु सिंहले रजत ,नेपालकै विनोद ठकुरी र तिलक कुँवरले कांस्य पदक हात पारे । पुरुषकै ६५ केजीमुनि नेपालकै रबिन बुढामगरले स्वर्ण,सोमबहादुर गुरुङले रजत,भारतका इस्तिफाक खान र नेपालका गोविन्द रोक्काले कांस्य पदक जिते ।

जुनियरतर्फ ३५ केजीमुनि नेपालका अनिष शिबले स्वर्ण,शक्ति तामाङले रजत,बाबुराम खत्रि र बिशेष शाहले कांस्य तथा ३० केजीमुनि नेपालका बेगम छन्त्यालले स्वर्ण,सन्दीप याखाले रजत,अमन तामाङ र असल तामाङले कांस्य पदक जिते । जुनियरकै २५ केजीमुनि नेपालकै सुनिल छन्त्यालले स्वर्ण,दीप्पल रानामगरले रजत,साजन तामाङ र उज्वल तामाङले कांस्य तथा ४० केजीमुनि नेपालका बिवस तामाङले स्वर्ण,नेपालकै थम प्रकासले रजत ,निरज मगर र सानु शाहले कांस्य पदक जित्न सफल भएका छन् ।

काठमाडौं जिल्ला खेलकुद विकास समिति र नेपाल खेलकुद महासंघ अन्र्तगतको राष्ट्रिय आइटिएफ तेक्वान्दो संघको सह–आयोजनामा भएको च्याम्पियनसिपको महिलातर्फ २५ केजीमुनि नेपालकी अस्मी तामाङले स्वर्ण र पुस्पा कुटुले रजत,४० केजीमुनि नेपालका जुना बिकेले स्वर्ण र अनिषा छन्त्यालले रजत तथा ४५ केजीमुनि नेपालकी सांग्मो तामाङले स्वर्ण र भारतकी मालिनी यादवले रजत जिते ।

महिलाकै ५० केजीमुनि नेपालकी कृष्मा बुढामगरले स्वर्ण र भारतकी पुर्णिमा पान्डुले रजत,५५ केजीमुनि भारतकी निकिता सिंहले स्वर्ण र नेपालकी यमु क्षत्रिले रजत तथा ६५ केजीमुनि नेपालकी सृष्ठि बलले स्वर्ण र नेपालकै दिक्षा थापामगरले रजत पदक जित्न सफल भइन् ।

च्याम्पियनसिपमा महिलाको ७ तौल,पुरुषमा ८ तौल र जुनियरतर्फ ७ गरी २२ तौलसमूहमा प्रतिस्पर्धा भएको संघका अध्यक्ष चेतनराज गीरीले जानकारी दिए । च्याम्पियनसिपमा करिब ३ सय खेलाडीले कुल २२ स्वर्ण,२२ रजत र ४४ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजु श्रेष्ठ,संघका अध्यक्ष चेतनराज गीरी र प्रमुख प्रशिक्षक विश्व श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए । यसअघि च्याम्पियनसिपको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले उद्घाटन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button