पोखरामा पहिलो पटक ट्रेल रेस, राई प्रथम

 

धन बस्नेत, 
पोखरा न्युज ।

पोखराको रानीपौवा स्र्पोट्स सेन्टरले पोखरामा पहिलो पटक आयोजना गरेको ट्रेल रेसमा सोलुखुम्बुका सुमनकुलुङ राईले जितेका छन् ।

काँहुडाडाँमा भएको प्रतिस्पर्धामा उनले १३ किलोमिटरको दुरी १ घण्टा दुई मिनेटमा पुरा गरेका थिए । प्रतियोगितामा उनले नगद ५ हजार गरी तथा ओभरअलको विजेता स्वरुप २० हजार गरी २५ हजार रुपैयाँ पाएका छन् ।

प्रतियोगितामा हेमराज थापाले १ घण्टा ५ मिनेट ११ सेकेण्डमा पुरा गर्दै दोस्रो बने । १७ सेकेण्डले पछि पर्दै दामोदर बुढामगर भने तेस्रो स्थानमा चिक्त बुझाए । उनले निर्धारित दुरीलाई १ घण्टा ५ मिनेट २८ सेकेण्ड लगाए ।

यसैगरी महिला तर्फको प्रतिस्पर्धामा हुमी बुढामगर प्रथम भईन । उनले १ घण्टा ३३ मिनेट १५ सेकेण्डको समय लगाईन् । त्यसैगरी सुष्मिता भट्टराईले १ घण्टा ४४ मिनेट १३ सेकेण्ड र सजिना तामाङले १ घण्टा ५४ मिनेटमा पुरा गर्दै तेस्रो स्थानमा आईन् । उनीहरुले ५, ३ र २ हजार नगदसहित बोनस रकम समेत जित्न सफल भए ।

प्रतियोगितामा विभिन्न देशका १ सय खेलाडीहरुको सहभागिता रहेको आयोजक सेन्टरका राजीव श्रेष्ठले जानकारी दिए । सोही अवसरमा अन्तराष्ट्रिय ट्रेल रेस धाविका मिरा राईलाई नगदसहित सम्मानित गरिएको थियो । प्रमुख अतिथिको रुपमा आएकी राईलाई नगद ५० हजारसहित सम्मानित गरिएको थियो । महिला तर्फ २५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । ७ किलोमिटरको ट्रेल फन रेस समेत आयोजना गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button