नेपाल र भारतबीच अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता

पोखरा न्युज ।

नवलपरासीमा जारी नेपाल र भारतबीचको अन्तराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजले संयुक्तरुपमा जितेका छन् ।

जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ५ पक्लिहवाको ठाढीघाट मेलामा शनिबार सम्पन्न प्रतियोगितामा खेलको उपाधि भारतको गाजियाबादका ओमप्रकाश पहलवान र भारत महराजगन्ज शैलेस पहलवानले संयुक्तरुपमा जितेको हुन् ।

खेलमा प्रथम हुने विजेताले क्रमश रु ६ हजार नगदसहित एक थान टीभी सेट र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी खेलमा द्वितीय हुनेलाई रु ४ हजार, एक थान टीभी तथा तृतीय हुनेलाई रु २ हजारसहित एक थान साइकल प्रदान गरिएको थियो ।

विजेता कुस्तीबाजहरुलाई निवर्तमान् सांसद देवकरणप्रसाद कलवारले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा कुल ४२ जोडीले प्रतिस्पर्धा गरेका थिए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button