पोखराको न्युरोडमा एमाले उम्मेद्वार विश्वकर्माको गाडी तोडफोड !

पोखरा न्युज ।

आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभाकाे निर्वाचनका उम्मेद्वारकाे गाडी अज्ञात समूहले तोडफोड गरेका छ । कास्की निर्वाचन क्षेत्र नम्बर ३ का   संयुक्त वाम गठबन्धका एमाले उम्मेद्वार जगत विश्वकर्माको गाडी अज्ञात समूहले तोडफोड गरेको हो ।

एमालेका पोलिटब्युरो सदस्यसमेत विश्वकर्माले  चुनाव प्रचारप्रसारका लागि प्रयाेग गर्दै आएको हरियो प्लेटकोे ग १ य ७२८ नम्बरको स्कारयियो जिप मंगलबार राती करिब सवा १० बजेतिर तोडफोड भएकाे थियाे । निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गरिएको उक्त गाडीको तोडफोडबाट पछाडिको शिशा फुटेको बिश्वकर्माले बताए । उनले भने, ‘चुनावका लागि घरदैलो गरेर आएका हामी साथीहरुसगै खाना खान थकाली भान्छा घरमा गएका थियौं । करिव ४० मिनेटपछि खाना खाएर बाहिर निस्कदा त गाडी फोडिएको देखे ।’

विश्वकर्माले गाडी कस्ले र किन फोर्यो भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न नसकेको बताए ।  कास्की प्रहरीले यसबारे अनुसनधान सुरु भएको प्रतिक्रिया दियो । पोखराको न्युरोड जस्तो व्यस्त बजारमा उम्मेद्वारको गाडी तोडफोडकाे  घटनाले  कास्कीमा सुरक्षा चुनाैती थपिएकाे उम्मेदवार विश्वकर्माले बताए ।

स्रोत: नयाँपत्रिका (रोहितराज पराजुली)  https://www.enayapatrika.com/2017/11/08/197448/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button