देशको समृद्धीका लागि युवा – पोखरेल

पोखरा न्युज ।

कास्की क्षेत्र नं. १ का नयाँ शक्ति पार्टी नेपालबाट प्रतिनिधि सभाका उम्मेद्वार सौगात पोखरेलले देशको समृद्धीका लागि युवालाई अगाडी बढाउनु पर्ने बताएका छन् । पोखरा लेखनाथको सिशुवा डाडाको नाकमा शनिबार नयाँ शक्ति पार्टीको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा पोखरेलले उक्त कुरा बताएका हुन् ।

विगत लामो समयदेखि विद्यार्थी र युवा माझ क्रियाशिल रहेका कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेद्वार पोखरेलले देशको समृद्धीका लागि युवा अपरिहार्य रहेको बताए । नयाँ शक्ति पार्टीको आँखा चिह्नमा मदतान गर्न आग्रह गर्दै समग्र विकासका लागि सक्षम ब्वक्तिलाई जिताउन समेत अनुरोध गरे । उनले भने– ‘अब हामी जाग्ने बेला आएको छ, तपाईको सहि निर्णयले नै देशलाई विकास तर्फ उन्मुख गर्नेछ ।’ नयाँ शक्तिको मुख्य एजेण्डा विकास रहेको बताउदै चुनाव चिह्न आँखामा नै मतदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा कास्की क्षेत्र नं. १(क) का प्रदेश सभाका उम्मेद्वार नारायणहरि तिवारी, १(ख)का प्रदेश सभाका उम्मेद्वार कमल थापाले विकासको एजेण्डालाई साथ दिन जनसमुदाय समक्ष अनुरोध गरेका थिए ।

नयाँ शक्ति पार्टीका अभियन्ता हस्त बहादुर कुवँरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यालय उद्घाटन कार्यक्रमको अध्यक्षता नयाँ शक्ति कास्की क्षेत्र नं. १ निर्वाचन परिचालन समितिका संयोजक कृष्ण रानाभाटले गरेका थिएभने कार्यक्रमको संचालन क्षेत्र नं. १ निर्वाचन प्रचार प्रसार समितिका संयोजक बिकल पौडेलले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button