जलवायु परिवर्तन सम्बन्धी पोखरामा बिभिन्न देशका प्रतिनिधिबीच छलफल

पोखरा न्युज ।

जलवायु परिवर्तन सम्बन्धी पोखरामा बिभिन्न देशका प्रतिनिधिबीच छलफल कार्यक्रम सम्पन्न भएको छ । NYCA (नेपलिज युथ फर क्लाइमेट एक्सन) को आयोजना र स्वच्छ उर्जा नेपालको सहयोगमा COPS (कनफेरेन्स अफ पार्टीज सिमुलेसन्) आज पोखरामा सम्पन्न भएको हो ।

NYCA पोखराका अध्यक्ष कुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम बोल्दै केयर नेपालका सि.सि.एर/डी.आर.आर स्पेसलिस्ट बालकृष्ण जमरकटेलले जलवायु परिवर्तन नियन्त्रणका लागि युबाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । जमरकटेलले कार्यक्रममा COPS-२३ सम्बन्धि प्रस्तुति पनि दिनु भएको थियो ।

आफुहरुको कार्यक्रम अहिले जर्मनीमा भएको पृथ्बीको तापक्रम १.५ डिग्री भन्दा बढन नदिने अभियानको प्रतिलिपि रहेको र बिभिन्न देशका प्रतिनिधिबीच रहेर आफुहरुले जलवायु परिवर्तन सम्बन्धी निष्कर्ष निकालेको NYCA पोखराका अध्यक्ष कुमार भण्डारीले जानकारी दिनु भयो ।

बिभिन्न देशका ३० जना प्रतिनिधिबीच भएको छलफल कार्यक्रमको संचालन एन्जिला लामिछाने गर्नु भएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button