चुनावपछि एउटै कम्युनिस्ट केन्द्र – रामजी

पोखरा न्युज ।

वाम गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेश सभा सदस्य १ का उम्मेद्वार रामजीप्रसाद बराल(जीवन)ले आसन्न मंसिर २१ गतेको निर्वाचनपछि देशमा एउटै कम्युनिस्ट केन्द्र निर्माण हुने बताएका छन् ।

एमाले र माओवादी केन्द्र लगायतका ठूला कम्युनिस्ट पार्टीहरु मिलेर एउटै पार्टी बनोस् भन्ने जनताको वर्षौदेखिको सपना अहिले साकार हुन लागेको धारणा बरालको छ ।

नेकपा एमाले र माओवादी केन्द्र पोखरा लेखनाथ महानगरपालिका वडानं २५ हेम्जाको वडास्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उम्मेद्वार बरालले वाम एकताले जनतामा उत्साह बढाएकोले दुबै पार्टीका नेता कार्यकर्ताहरुलाई एकतावद्ध भएर वाम उम्मेदवारहरुलाई विजयी गराउने अभियानमा लाग्न समेत आग्रह गरे ।

चुनावमा गठवन्धनका गरेका दलहरु कतै निर्वाचन पछि पुन आफ्नोे बाटो लाग्ने त होइनन् भन्ने आशंका राख्नु नपर्ने र जुनसुकै हालतमा पनि पार्टी एकता भएर एउटै कम्युनिष्ट केन्द्र भइ छाड्ने भएकोले एमाले÷माओवादी दुबै पार्टीका समर्थक शुभचिन्तकहरुले सूर्य चिन्ह र हसिया हथौडामा मतदान गर्न कन्जुस्याइ गर्न नहुने भनाइ नेता बरालको छ ।

निर्वाचन परिचालन कमिटी क्षेत्रनं ३ का संयोजक दीपक पौडेलले वाम गठबन्धनको विजय निश्चित भएकोले निर्वाचनपछि वामपन्थीको नेतृत्वमा देशमा विकास र समृद्धिको थालनी हुने विचार राखे । कार्यक्रममा निर्वाचन परिचालन कमिटीका सहसंयोजक राजु तिमिल्सिना, वडा स्तरीय कार्यदल सदस्य शिवकुमार श्रेष्ठ, वडास्तरीय निर्वाचन परिचालन समिति संयोजक धर्मराज बास्तोला र सहसंयोजक माधवशरण पौडेलले पनि भनाइ राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button