जनताको शिर झुक्न दिन्न – रवीन्द्र

पोखरा न्युज ।

कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेद्वार रवीन्द्र अधिकारीले जनताको शिर कहिल्यैं झुक्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कास्की क्षेत्र नम्बर २ मा पर्ने पोखरा–११ फूलबारीमा वाम गठबन्धनको वडास्तरीय संयुक्त कार्यालयको उद्घाटन गर्दै अधिकारीले जनमतको कदर गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने,‘म जनमतको कदर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, तपाईंहरुको कहिल्यैं शिर झुकाउन दिन्न ।’ अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आफू र कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वा राजकाजी गुरुङको पहलकदमी र नेतृत्वमा बनेको दाबी गरे ।

जनताको मन जितेर गरिने स्वच्छ प्रतिष्पर्धा नै आजको लोकतन्त्र भएको बताउँदै वाम गठबन्धनले कांग्रेसलाई पनि विकासमा सँगसँगै लैजाने बताए ।

 

कांग्रेस अत्तालिनु पर्दैन – करण

कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले आफ्नो उम्मेद्वारी गरिबीविरुद्ध भएको बताए । समुन्नत समाज निर्माण नै आफूहरुको अभियान भएको बताउँदै वामपन्थी मिल्दा कांग्रेसले टाउको दुखाउनुपर्ने कारण नभएको बताए ।

समानुपातिक उम्मेद्वार मिना गुरुङले महिला, मजदुर, दलित, गरिब, विपन्नको पक्षमा काम गर्न वाम गठबन्धन भएकाले वाम गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन आग्रह गरिन् ।

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button