स्थायी शान्तिको लागि वाम एकता – विश्वकर्मा

पोखरा न्युज ।

वाम गठबन्धन प्रदेश सभा क्षेत्र नम्बर ३ (ख) को निवार्चन परिचालन कमिटीको कार्यलय उद्घाटन गरिएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को उम्मेद्वार जगत विश्वकर्माले कार्यालयको उद्घाटन गर्दै स्थायी शान्ति र समृद्धिको लागि वाम गठबन्धन भएको बताए ।

उनले वाम गठबन्धनका उम्मेद्वार जिते मात्र स्थायी शान्ति र देश समृद्धिको बाटोमा अघि बढ्ने बताए । कानुनी अड्चनले एउटै निवार्चन चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्न नमिलेकोले फरक फरक चुनाव चिह्न लिएर चुनावमा होमिएको बताए । उनले भने, ‘हाम्रो उद्देश्य अब एउटै पार्टी निमार्ण गर्ने हो, त्यसैले ढुक्क भएर मतदान गर्न सबै लाई आग्रह गर्दछु ।

 

आर्थित्र क्रान्तिको योजना छ – पहारी

क्षेत्र नम्बर ३ प्रदेश ख का उममेदवार राजीव पहारीले आर्थिक क्रान्तिको योजनासँगै आफू चुनावी प्रतिस्पर्धामा आएको बताए । उनले स्वदेशमै रोजगारी सिर्जना गरेर युवालाई विदेश पलायन हुन नदिने अठोट आफूले लिएको बताए । कार्यक्रममा नेकपा माओवादी समानुपातिक उम्मेदवार दुर्गा विक, एमालेक मित्रकुमारी गुरुङ लगायतले राजनीतिक स्थायित्वको लागि नै वाम गठबन्धन आवश्यक भएको बताएका थिए । कार्यक्रम वडा नम्बर ५ का अध्यक्ष विष्णु बरालको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button