पोखराको पर्यटन विकासका लागि कांग्रेसमा मतदान – शर्मा

पोखरा न्युज ।

कास्की जिल्ला प्रंतिनिधि सभा क्षेत्र नम्बर ३ को प्रतिनिधी सभा सदस्यका उम्मेदवार पूर्व सांसद शुक्रराज शर्माले लोकतन्त्रको रक्षाका लागि निर्वाचनमा नेपाली काँग्रेसलाई बिजयी गराउनु पर्ने बताएका छन् ।

नेपाली काग्रेस बडा इकाई ६ बैदामको प्रचार प्रसार कार्यालयको उद्घाटनमा बोल्दै शर्माले लोकतन्त्र र समृद्धिका लागि काँग्रेसलाई जिताउनु पर्नेमा जोड दिएका हुन् । नेपालकै पर्यटक शहर पोखरा त्यसमा पनि लेकसाईडको बैदाम क्षेत्र विकास र समृद्धिको प्रसस्त सम्भावना रहेको बताउँदै उनले यहाँको प्राकृतिक स्रोत र सधानको सहि परिचालन गरी छोटो समयमा विकास गर्न सकिने बताए । बैदाम देखी पन्चासे र अन्नपूर्ण सहित माछापुच्छे हिमाल सम्म पर्यटकीय मार्गको रुपमा विकास गरि पर्यटकहरुलाई बाह्रै महिना पर्यटकीय महिनाको रुपमा विकास गर्ने आफ्नो योजना रहेको सुनाए । यस क्षेत्रमा नैतिक शिक्षा देखी प्राविधिक शिक्षालयको स्थापना गरि बेरोजगारी यूवाहरुलाई रोजगारी दिने कुरामा जोड दिएका थिए । कृषि, पर्यटन उद्योगको विकास गरेर विदेश जाने युवालाई स्थानीय स्तरमै रोजगारी उपलब्ध गराउन सकिने बताउँदै ती सम्भावनाको थप पहिचान र प्रबद्र्धन गर्न आफू केन्द्रित भएर लाग्ने प्रतिबद्घता जनाए ।

नेपाली काग्रेसका समानुपातिक तर्फका उम्मेदबार आनन्दराज मुल्मीले नेपाली काग्रेस स्थापना कालदेखी नै प्रजातन्त्र रक्षाको लागि जन्मेको पाटी भएको बताउँदै, उम्मेदवार मुल्मीले वाम गठबन्धनको नाममा कम्युनिष्टले मुलुकमा कम्युनिष्ट अधिनायकवाद लाद्न खोजेको बताए । काँग्रेसको जितबाट मात्रै स्वतन्त्रता, समृद्धि, मानवअधिकरको रक्षा हुने उल्लेख गर्दै उनले निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा कास्की क्षेत्र न ३ ख प्रदेश सभा उम्मेदबार भोजबहादुर गुरुङ सिकन्दरले नेपालको लोकतन्त्र लाइृ स्थागत गर्ने नेपाली काग्रेसलाई जिताउन उपस्थित सवैलाई आग्रह गरेका छन । उनले भने पहिला नेता अघि अघि र जनाताहरु पछि हिडने चलन बिद्धमान रहेको, भन्दै अब आफु जनतालाई अघि सारेर जनताको काममा पछि पछि हिडने बताउदै कसैलाई पनि घुस खान पनि नदिने र आफुपनि नखाने घोषण गरेका थिए ।

नेपाल ट्रेडयूनियन काग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुवँरले अहिले भईरहेका बाम गठबन्धन यहि आउँदो मसिर २१गते को चुनाब सम्म मात्र रहेको भन्दै अधिनायकबाद लादन खोज्ने कम्मुनिष्टको सपना पूरा नहुने उनले भने ।

बडा ईकाइ सभापति बलराम गिरीको सभा अध्यक्षता भएको कार्यक्रममा प्रचार उपसंयोजक लक्ष्मण पहारी र सचिब शिशिर पहारी लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button