नयाँ शक्ति नेपाल अलग पहिचानको रुपमा अगाडी बढीरहेको छ – थापा

पोखरा न्युज ।

नयाँ शक्ति पार्टीका तर्फबाट कास्की क्षेत्र नं. २ (क)का प्रदेश सभा सदस्य उम्मेद्वार हेम बहादुर थापाले नयाँ शक्ति नेपाल अलग पहिचान तथा अलग ध्रुबको रुपमा अगाडी बढीरहेको बताएका छन् । पोखरा लेखनाथ वडा नं. ७ अन्तर्गतको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा उक्त कुरा थापाले बताएका हुन् । निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै, निर्वाचन आचारसंहिता पालना नगर्ने र निर्वाचनलाई पैसाको खोलामा डुबाउने कार्य गर्ने कुनै पनि राजनैतिक दललाई नछोडीने कुरा पनि व्यक्त गरेका थिए ।

निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा कास्की क्षेत्र नं. २ (ख)का प्रदेश सभा सदस्य उम्मेद्वार डम्बर बहादुर केसी, प्रदेश ४ का समानुपातिक उम्मेद्वारहरु पार्वती जिसी, लक्ष्मी खाती परियार, अधिवक्ता राजुराज अधिकारी, चेत बहादुर महत, राष्ट्रिय युवा परिचालनका सुरेन्द्र पूनलगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नयाँ शक्ति पार्टी पोखरा लेखनाथ वडा नं. ७ का संयोजक जुमा गुरुङले गरेका थिए भने सम्पर्क कार्यालयको उद्घाटन निर्वाचन परिचालन समितिका संयोजक सम्भु खाती परियारले गरेका थिए । कार्यक्रमको संचालन पार्टीका केन्द्रीय सदस्य खड्ग गुरुङले गरेका थिए ।

सम्पर्क कार्यालय स्थापना पश्चात घरदैलो कार्यक्रम जारी रहेको निर्वाचन परिचालन समितिका संयोजक परियारले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button