कास्कीको रिभानका पहिरो पीडितलाई पुर्नवासको व्यवस्था गर्ने जीवनको भनाई

पोखरा न्युज ।

प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ३(१)का उम्मेदवार रामजीप्रसाद वराल(जीवन)ले मंगलवार रिभानमा घरदैलो सम्पन्न गरेका छन् ।
निर्वाचनको मिति नजिकिदै जाँदा वामपन्थी साझा उम्मेदवार जीवनले माछापुछ्रे गाउँपालिकाका विभिन्न वडाहरुमा चुनावी घरदैलो गरेका हुन् ।

रिभानका मोहोरा, डाँडागाउुँ, हुम्दी, नयाँपुल, ठाँटी, चर्याम र रिभान गाउँमा उम्मेदवार सहितको चुनाव प्रचार टोलीले घरदैलो गरेको हो । उनीहरुले देशको स्थायीत्व र विकासका लागि प्रतिनिधिसभा र प्रदेशसभामा वामपन्थी उम्मेदवारहरुलाई विजयी गराउन जनतासँग आग्रह गरेका छन् । खेती धन्काउने महिना भएकोले जनताहरु खेतीपातीमा व्यस्त हुँदा उम्मेदवार सहितको टोली खेतमै पुगेर समेत मतदातासँग मत माग्न भ्याए । घरदैलोपछिको कोणसभामा वोल्दै नेता जीवनले गत श्रावणमा गएको पहिरोमा परि पीडित भएका रिभान पहिरो पीडितहरुको लागि पुर्नवासको व्यवस्था गर्न आफुले पहल गर्ने भनाई राखेका छन् । “ पहिरो पीडितहरुलाई हामीले त्यति वेला पनि सक्दो सहयोग गरेका हौँ । म आफै यसमा लागि परेको सवैलाई अवगत छ”, जीवनले भने “अव पीडितहरुको लागि स्थायी पुर्नवास र पहिरोले क्षति पुगेका संरचना निर्माणमा पहल गर्दछु”। उम्मेदवार जीवने रिभाको मोहोरामा अझै पनि मोटरेवल वाटो पुग्न नसकेकाले त्यसका लागि आफुल सरोकारवाला निकायमा आवाज उठाउने भनाई समेत राखे । जनताको अथाह माया र सहयोगले आफुलाई विजयी भईसकेको भनुभुति भएको धारणा उनको छ ।

निर्वाचन परिचालक कमिटिका संयोजक दीपक पौडेलले वामपन्थीहरुको विजय भएमात्र देशमा विकास र सुसाशन स्थापना हुने भएकोले यसपालि वाम गठवन्धनलाई विजयी गराउन जनतासँग आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button