कास्कीको मादी गाउँपालिका ११ मा गठबन्धनको वडा भेला

पोखरा न्युज  ।

मादी गाउँपालिका वडा नं ११ मा वाम गठवन्धन भेला सम्पन्न भएको छ । नेकपा एमालेका नेता प्रकाश सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर एक अन्तर्गत प्रदेशसभा ख का उपसंयोजक मित्र व गुरूङ, युवा संघका केन्द्रीय सदस्य पूर्ण लामा, सिंहमान तामाङ, नन्द श्री गुरूङ, कृष्ण लामिछाने लगायतले बोलेका थिए ।

यसैबीच सोही अवसरमा चुनावी अभियानका क्रममा विभिन्न कमिटी पनि गठन गरिएको छ । रनबहादुर लामा संयोजक र रामवहादुर वस्याल सहसंयोजक रहेको ११ सदस्यीय वाम कार्यदल गठन गरिएको छ । जीवन परियार संयोजक रहेको ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ भने जोन गुरूङ संयोजक रहेको युवा परिचालन कमिटी गठन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button