लमजुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

 

पोखरा न्युज ।

लमजुङ मर्स्याङदी गाउँपालिकामा मंगलबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मर्स्याङदी गाउँपालिका ६ स्थित ठूलोबेसीमा आज दिउँसो भएको दुर्घटनामा  ट्याक्टर चालक चितवन बैरेनी २ का दीपक चौधरीको मृत्यु भएको हो ।

परीक्षणकै क्रममा रहेको नयाँ ट्याक्टर ङादी खोलाबाट ठूलोबेसीतर्फ बालुवा लिएर जाँदै गर्दा दुर्घटना भएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताउनुभयो ।

दुर्घटनापछि गम्भीर घाइते भएका चालक चौधरीको उपचारका क्रममा लमजुङ जिल्ला सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button