तनहुँमा निर्वाचनमा २ हजार १ सय कर्मचारी खटिने

पोखरा न्युज  ।

यही मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा तनहुँमा २ हजार १ सय  कर्मचारी खटिने भएका छन् ।

निजामती कर्मचारी, संस्थान र समितिका कर्मचारीका साथै सामुदायिक विद्यालयका शिक्षक गरी ती कर्मचारी चुनावमा खटिने जिल्ला निर्वाचनको कार्यालय तनहुँले जनाएको छ ।

चुनावका लागि आवश्यक कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइ सकिएको जिल्ला निर्वाचन अधिकृत बाबुराम घिमिरेले बताउनुभयो । अधिकृतले केन्द्रमा गएर समेत कर्मचारी नियुक्त गर्नसक्ने व्यवस्था रहेको छ ।

तनहुँमा १३६ स्थानमा २६५ वटा मतदान केन्द्र रहेका छन् । सोही मतदान केन्द्रबाट दुई लाख ११ हजार ३९६ जना मतदाताले मतदान गर्ने बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button