नेपाली काँग्रेस कास्की १(क) को घोषणापत्र सार्वजनिक

पोखरा न्युज । 

नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश (क)को चुनावी घोषणापत्र सार्वजनिक भएको छ ।

बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञ बहादुर थापाले चुनावी घोषणापत्र सार्वजनिक गरे । घोषणापत्र सार्वजनिक गर्दै उनले काँग्रेसका उम्मेदवारले चुनाव जिते समृद्ध र नमुना क्षेत्रको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । कास्की १ बाट काँग्रेसको प्रतिनिधीसभा सदस्य उम्मेदवार बनेका मन्त्री थापाले घोषणपत्र हुवहु कार्यान्वयन गर्ने बताए ।

प्रदेशसभा सदस्य उम्मेदवार जीवन परियारले यस क्षेत्रको शैक्षिक, भौतिक, पर्यटकीय क्षेत्रको सम्भावनालाई प्रतिनिधित्व गर्दै त्यसलाई मुर्त रुप दिनका लागि घोषणापत्र तयार गरिएको बताए । उनले कास्की १(क) कृषि, पर्यटन, जलश्रोतको हिसावले पनि निकै महत्वपूर्ण रहेको भन्दै त्यसको विकास र प्रवद्र्धनमा आफ्नो अगुवाई रहने प्रतिबद्धता पनि जनाए । उनले यस क्षेत्रमा भएका सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधीसभा समानुपातिक तर्फका उम्मेदवार आनन्दराज मुल्मीले देशको स्थायित्व र समृद्धीका लागि काँग्रेसको विकल्प नरहेको उल्लेख गरे । काँग्रेस नेता प्रकाशमोहन खनालले घोषणापत्र घरघरमा पु¥याएर मतदातासँग मत माग्न उम्मेदवारसँग आग्रह गरे ।

सोही अवसरमा उम्मेदवारहरुले पोखरा ३० को चुनावी सम्पर्क कार्यालय उद्घाटन गरे भने घरदैलो समेत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button