सुकुम्वासी हकहितका लागि कम्युनिष्ट सरकार अपरिहार्य : खगराज

पोखरा न्युज ।

कास्की क्षेत्र नं १ बाट वाम गठबन्धनका उम्मेदवार खगराज अधिकारीले सुकुम्वासी हकहितका लागि कम्युनिष्ट सरकार अपरिहार्य रहेको बताउनुभएको छ ।

चुनावी घरदैलो कार्यक्रम अन्तर्गत वडा नं २९ पट्नेरीका स्थानीलाई सम्बोधन गर्दै उहाँले सुकुम्वासी शब्द नै नरहने गरी प्रक्रिया अघि बढाइने बताउनुभयो ।

सरकारको नेतृत्व कम्युनिष्टले गरेका बेला सकुम्वासीलाई लालपुर्जा उपलब्ध गराएको स्मरण गराउँदै लालपुर्जा सँगै अन्य हकहित र न्यायका लागी अग्रपंक्तिमा रहेर लड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयोे ।

अब सुकुम्वासी भन्ने शब्द नै उच्चारण गर्नु नपर्ने उहाँलको भनाई थियो । आँफूहरुले सरकारमा रहँदा लालपुर्जा उपलब्ध गराएको भन्दै अधिकारीले अबका दिनमा अन्य हकहितका लागि पनि अग्र पंक्तीमा रहेर काम गर्ने बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button