द्धन्द्ध र राजनीतिक अस्थिरताका कारण देश विकास हुन सकेन – चालिसे

पोखरा न्युज ।

देशमा भएको द्धन्द्ध र राजनीतिक अस्थिरताका कारण देशको विकास हुन नसकेको नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले बताएका छन् । बुधबार महानगरका विभिन्न वडाहरुमा मतदातासँग भेटघाट गर्दै उनले दलहरुले विकासलाई भोटसँग जोडेकाले मुलुक समृद्ध हुन नसकेको बताए ।

‘तपाईँको भोट बाटो, बिजुली, खानेपानीसँग जोडिनुहुँदैन । चुनाव नआएपनि यि मागहरु पूरा गर्ने दायित्व सरकारको हो, उनले भने–भोट मानवअधिकार र राष्ट्रको भविष्यसँग जोडिएको छ ।’ अघिल्ला उम्मेदवारहरुले गरिवीलाई भोटसँग जोडेर चुनावमा सहभागी भएका भन्दै उनले आफ्नो अमूल्य मत सामान्य अवस्थामा नलिन मतदातासँग आग्रह गरे ।

नेता चालिसेले आफ्ना दायरा भुलेर प्रतिपक्षी उम्मेदवारहरु अनावश्यक प्रचारमा लागेको बताएका छन् । ‘सांसदको भूमिका के हो, त्यो सबैलाई छर्लङ्ग छ । उनीहरुले कति पैसा विकासमा लगानी गर्न सक्छन् र उनीहरुको दायरा कति हुन्छ भन्ने हेक्का सबैलाई हुनुपर्छ, उनले भने–दायरा र भूमिका भुलेर सबै विकासका काम आँफैले गरेको भनेर प्रचार गर्नु शोभनिय होईन । चुनावमा भोट माग्नका लागि झुठा प्रचार मात्रै हुन् ।’

चालिसेले पोखरा २० को भलाम र २१ को निर्मलपोखरीमा चुनावी प्रचार कार्यालय समेत उद्घाटन गरे । प्रचार कार्यालय उद्घाटनलाई सम्बोधन गर्दै उनले जनताका माग पूरा गर्न काँग्रेसले जित्नुपर्ने दावी गरे । ‘यसअघि लामो समय देश गृहयुद्धमा होमियो । जनताको सिटामोल किन्ने पैसा पनि बन्दुक किन्न खर्च भयो, उनले भने–अव राजनीतिक स्थिरता चाहिएको छ । जनताले विकास चाहेका छन् ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button