पर्यटकीय क्षेत्रको विकास गरेर कस्केली जनताको गरिबी अन्त्य गर्छौं – थापा

पोखरा न्युज  ।

नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले स्वरोजगार मार्फत कस्केली जनताको गरिबी अन्त्यको लागि आँफु चुनावमा उठेको बताए । पर्यटकीय क्षेत्रको ब्यापक विकास गरेर सबै जनतालाई रोजगारी दिलाउने उनको प्रतिबद्धता छ । ‘कास्की श्रोत साधनले देशकै उत्कृष्ट छ । जलश्रोतको सही विकास गर्न सके पनि हजारौं रोजगारी सिर्जना गर्न सकिन्छ, उनले भने–पर्यटन र कृषिलाई चलाउने भने कास्कीका जनता बेरोजगार हुनु पर्दैन । म त्यसकै तयारीमा छु ।’

बुधबार पोखरा ११ फुलबारीमा घरदैलो गर्दै उनले एकपटक आफ्ना सन्ततीको भविष्य सोचेरै भएपनि रुख चिह्नमा भोट हाल्न आग्रह गरे । जनताका दल भन्ने कम्युनिष्टहरुले गरिबी हटाउन नचाहेका र त्यसैमाथी राजनीति गर्ने गरेको थापाले आरोप लगाए । ‘साम्यवादी भन्न रुचाउने दलहरु सिद्धान्त विहिन भैसके । गरिबको पार्टी भनेर जनता भँजाउने काम अव सकिए, उनी भन्छन्– कम्युनिष्टहरु गरिबका नाममा राजनीति मात्र गर्छन् । गरिबी उन्मुलन हामी गर्छौं ।’

कम्युनिष्टसँग जनाधार सकिएको भन्दै उनले चिल्ला नाराले मात्रै जनस्तर नउकासिने बताए । थापाले क्षेत्रको पूर्वाधार निर्माण एवं विकासको नेतृत्व काँग्रेसले लिएको बताए । लोकतान्त्रिक मूल्य मान्यतालाई जीवन्त राख्न र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि पनि काँग्रेसलाई विजयी गराउनुपर्नेमा उनको जोड छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button