पराजयको पूर्वाभासले कांग्रेस उम्मेदवार व्यक्तिगत लाञ्छनामा – रवीन्द्र

पोखरा न्युज ।
वाम गठबन्धनका क्षेत्र नं २ का उम्मेदवारहरुले कांग्रेसका उम्मेदवारहरु पराजयको पूर्वभासले व्यक्तिगत लाञ्छनामा उत्रिएका बताएका छन् । पोखरा १६ र १७ मा घरदैलो गर्दै उनीहरुले वास्तिविक लोकतन्त्रका लागि आफूहरुलाई चिताउन आग्रह गरे । पोखरा १६ सुन्दर फिडबाट सुरु भएको घरदैलोमा लामाचौर, बाटुलेचौर, पोखरा–१७ प्रगतिटोल, महतगौडा, दोबिल्लासम्म उनीहरु पुगेका थिए ।

वाम गठबन्धन कास्की २ को प्रचारप्रसार समितिको बुधबार भएको भेलामा प्रतिनिधि सभाका उम्मेदवार रवीन्द्र अधिकारीले विपक्षी कांग्रेसले राजनीतिलाई फोहोरी खेल बनाउन खोजेको आरोप लगाए । उनले भने, ‘हाम्रो लोकतान्त्रिक वाम गठबन्धन हौं, लोकतन्त्रको हिमायती ठान्ने कांग्रेस अधिनायकवादी भएको देखिएकै छ । ’

प्रदेश सभा ख का उम्मेदवार राजकाजी गुरुङ ‘करण’ले आफूहरु डराएर डिफेन्सिभ नभएका बताए । उनले भने, ‘छुद्र भएर लाञ्छना लगाउन चाहेनौं । हारको नजिक भएकाले छटपटाहट पूर्ण तरिकाले विपक्षी प्रस्तुत भएका छन् ।’

प्रदेश क का उम्मेदवार कृष्ण थापाले वामले मात्र विकास र समृद्धिको सपना साकार बनाउन सक्ने भएकाले जनताले आफूहरुलाई साथ दिने विश्वास व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button