गठबन्धनमा जनलहर बढदो – विश्वकर्मा

पोखरा न्युज ।

कास्की क्षेत्र नं. ३ का बाम गठबन्धनका उम्मेदवारले मतदाताले गठबन्धनलाई दुई तिहाई मत दिने विश्वास प्रकट गरेका छन् । बुधबार हेमजामा घरदैलो गर्दै उनीहरुले त्यस्तो विश्वास प्रकट गरेका हुन् । पोखरा–२५, हेमजा स्थित याम्दीबाट सुरु घरदैलो अभियान स्थानीय तिब्बतियन क्याम्प, लामाचौतारा, साझा, मिलनचोक, सुइखेत, कालिकाचोक हुँदै फेदीसम्म पुगेको थियो ।

लामाचौतारा र मिलनचोकमा कोणसभा आयोजना गरिए । प्रतिनिधिसभाका उम्मेदवार जगत विश्वकर्माले बाम गठबन्धनलाई नेपाली जनताले रुचाएको दावी गर्दै गठबन्धनमा जनलहर बढदै गएको बताए । विश्वकर्माले निर्वाचनपछि बाम बहुमतको सरकार बन्ने दावी गर्दै त्यसले देशलाई निकास दिने औंल्याए । विकले हेमजाको कृषिलाई व्यवस्थित बनाउने तथा सुइखेत खोलाको अतिक्रमण नियन्त्रणमा भूमिका खेल्ने प्रतिबद्धता समेत जनाए ।

प्रदेशसभा ३ कका उम्मेदवार रामजी बरालले संविधानमार्फत प्राप्त अधिकारलाई व्यवस्थित गर्न स्थायी सरकारको आवश्यकता औल्याउँदै मतदाताले आफ्नो मत प्रकट गर्दा विवेक पु¥याएर देशलाई निकास दिने शक्तिलाई मात्र दिन आग्रह गरे । उनले हेमजामा यातायातको सहज प्रबन्ध मिलाउन तथा कृषि क्षेत्रलाई व्यवस्थित गर्न आफूले पहल लिने जनाए ।

समानुपातिक उम्मेदवार सीता गिरी ओलीले हेमजा कम्युनिष्टको उर्भर भूमी भएको दावी गर्दै विभिन्न समयमा हेमजावासीले आफूलाई सहयागे गर्दै आएको स्मरण गरिन् । अर्का समानुपातिक उम्मेदवार झलकपाणि तिवारीले गठबन्धनलाई परिवर्तनकारी शक्तिको संज्ञा दिँदै देशको अस्थिरतालाई परिवर्तन गर्ने दायित्व पनि गठबन्धनकै भएको भनाइ राखे । तिवारीले मतदाता शिक्षाको आवश्यकतासमेत औल्याएका थिए ।

प्रदेशसभाका समानुपातिक उम्मेदवार पुष्पा केसी भण्डारीले स्थायित्व र आर्थिक विकासका लागि गठबन्धन गरिएको बताइन । गठबन्धन हेमजा संयोजक धर्मराज बास्तोलाले गठबन्धन नेपालको इतिहासको गौरव भएको बताए ।

एमाले जिल्ला सचिव दामोदर बैरागी, प्रदेश सभा क का संयोजक दीप्पक पौडेल, विद्यार्थी नेताहरु इमनाथ पौडेल, एमाले जिल्ला सदस्य शोभाकर भण्डारी अनेरास्ववियुका अध्यक्ष शोखर गौतम लगायत पनि घरदैलोमा सहभागी थिए ।

गठबन्धन हेमजाका संयोजक बास्तोलाको अध्यक्षतामा भएका कोणसभाको सञ्चालन गठबन्धनका सहसंयोजक माधवशरण पौडेलले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button