मनबहादुरलाई जिताउन कलाकारहरु सक्रिय, भोट माग्दै प्रजापति

पोखरा न्युज । 
कास्की १ अन्तर्गत प्रदेशसभा ख का उम्मेदवार मनबहादुर गुरुङलाई जिताउन कलाकारहरु सक्रिय भएका छन् ।

गुरुङ जिताएर जनताको सेवा गर्ने अवसर प्रदान गर्न लोकदोहोरी गायक प्रजापती पराजुलीले मतदातासँग आग्रह गरे ।

मतदाताको घरघर पुगेका गुरुङलाई बुधबार पराजुली लगायतका कलाकारले साथ दिए । कलाकारले गीतकै माध्यमबाट गुरुङका पक्षमा मत माग्दा चुनावी अभियान सांस्कृतिक बनेको थियो ।

गुरुङले बुधबार पोखराको गौँडाकोमुख, चिसापानी टोल, कमलपोखरी टोल, भद्रकाली, ढुंगेसाँघु, मियाँपाटन, संगमटोल, अन्नपूर्णटोल लगायतका स्थानमा घरदैलो तथा कोणसभा गरेका छन् ।

कोणसभामा गुरुङले जनताका घरघरमा पुगेर गरेका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

विकास तथा समृद्धि आफ्नो लक्ष्य रहेकाले समृद्ध कास्की निर्माणमा आफू लाग्ने उनको प्रतिवद्धता जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button