गोरखामा ओलीले भने ‘बूढो रुख ढल्छ, चुनावपछि देशमा कम्युनिष्ट शासन आउँछ’

पोखरा न्युज ।

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि संयुक्त चुनावी सभाको आज गोरखाबाट प्रारम्भ गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलगत्तै देशमा कम्युनिष्ट शासन आउने र वामपन्थीहरूको बलियो स्थायी सरकार बन्ने बताउनुभयो ।

गोरखाको पालुङटारमा आज आयोजित चुनावीसभामा अध्यक्ष ओलीले भन्नुभयो, “चुनावपछि नेपालमा कम्युनिष्ट शासन आयो, आयो । काँग्रेस ढल्यो, बूढो रुख ढल्यो, ढल्यो ।”

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईप्रति आक्रामक रुपमा प्रस्तुत हुनुभएका ओलीले भन्नुभयो, “बूढो रुखमा आड लागेर शिशा राखेको प्लाष्टिकको आँखा बोकेर केही गर्न सकिँदैन । विकास र समृद्धि ल्याउन सकिँदैन ।”

अध्यक्ष ओलीले आउँदो पुसमा वामपन्थीको सरकार बन्ने दाबी पनि गर्नुभयो ।

नेता ओलीले गोरखा २ मा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओबादी नेता नारायणकाजी श्रेष्ठले जित्ने बताउनुभयो र भट्टराईप्रति ब्यङ्ग गर्दै भन्नुभयो, “करकलोलाई बन्चरो लगाउनुपर्दैन ।”

यसैबीच, वाम गठबन्धनले आज भच्चेक, घैरुङ र आरुघाटमा बृहत चुनावीसभा सम्पन्न गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button