गोरखामा बाबुरामले भोट माग्ने नैतिक अधिकार छैन – प्रचण्ड

पोखरा न्युज  ।

पालुङटारमा वाम गठबन्धनले गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले गोरखामा वाम गठबन्धनका उम्मेदवारले चुनाव जित्ने दाबी गर्नुभयो ।

उहाँले गोरखा २ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका डा बाबुराम भट्टराईले जनतासँग भोट माग्ने अधिकार नराख्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “चितवन ३ र गोरखा २ मा नेपाली कांग्रेसका साथीहरूले माओवादीका उम्मेदवारलाई सहयोग गर्नुपर्छ किनभने गिरिजाप्रसाद कोइरालाले मलाई शान्ति प्रक्रियाको टुंगो लगाउन भन्नुभएको थियो । त्यो पूरा गर्न पनि कांग्रेसले हलो र आँखालाई होइन हँसिया हथौडामा भोट हाल्नुपर्छ ।”

यसैबीच, वाम गठबन्धनले आज भच्चेक, घैरुङ र आरुघाटमा बृहत चुनावीसभा सम्पन्न गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button